४ चैत्र २०८२, बुधबार | March 18, 2026

अक्सफोर्डको दुई दिवसीय शैक्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न



बुटवल । बुटवल सुख्खानगरस्थित अक्सफोर्ड माविले सन्चालन गरेको दुई दिवसीय पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षता भएको दुई दिवसीय कार्यक्रमको पहिलो दिन बुटवल उपमहानगरपालिका शिक्षा तथा जनस्वास्थ्य शाखा प्रमुख मित्रमणि खनालको प्रमुख आतिथ्य र दोस्रो दिन जिल्ला शिक्षा समन्वय इकाइ रुपन्देहीका अध्यक्ष दिपेन्द्र ढकालको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रममा प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, अभिभावक संघ रुपन्देहीका अध्यक्ष तथा केन्द्रीय सदस्य लोकनाथ ज्ञवालीको विशिष्ट आतिथ्य रहेको थियो । दुई दिवसीय कार्यक्रमको पहिलो दिन मंगलवार कक्षा नर्सरीदेखि कक्षा ३ र दोस्रो दिन बुधवार कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई २०७८ सालको शैक्षिक पुरस्कार बितरण गर्नुका साथै विद्यार्थीहरुलेआआफ्ना गीत, नाटक, नृत्यलगायत अन्य विभिन्न क्रियाकलापहरुमार्फत आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

विद्यालयका सहायक प्राचार्य मोहन खनाल क्षेत्री र अक्सफोर्ड कलेजका कलेज प्रमुख मनोज मरासिनीको स्वागत तथा शुभकामना मन्तव्यमा भएको कार्यक्रमलाई पूर्व विद्यालय तहदेखि कक्षा ३ सम्म पहिलो चरण र कक्षा ४ देखि १० सम्मलाई दोस्रो चरणमा विभाजित गरी सञ्चालन गरिएको थियो ।

कार्यक्रमम विद्यालयका प्राचार्य दिनेश भुसालले विद्यालयले परियोजना केन्द्रित एवम् प्रविधियुक्त सिकाइ तथा शिक्षालाई संस्कारसित जोडेर संस्कारी विद्यार्थी निर्माण गर्न लागिपरेको बताए । यसैगरी उनले आइएसए अवार्ड प्राप्त गरिसकेको यस विद्यालयले एसइइ परीक्षामा राष्ट्रमै उत्कृष्ट नतिजाका साथ शैक्षिक नेतृत्व गर्दै इतिहास रच्ने काममा सक्रिय रहेको जानकारी दिए । उनले विद्यार्थीहरुलाई मनोरञ्जनात्मक क्रियाकलापहरुमा समेत व्यावहारिक तथा युगको मागअनुसारको शिक्षालाई जोड्दै विद्यालय फरक ढङ्गले अगाडि बढ्न खोजिरहेको विचार व्यक्त गरे ।

कार्यक्रममा प्याब्सन रुपन्देही अध्यक्ष अनन्तराम शर्माले अक्सफोर्डको निरन्तर शैक्षिक उन्नयनको कामना गर्दै बालबालिकाहरुलाई बदलिँदो समय, रुचि र आवश्यकताअनुसारको शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए । यसैगरी अभिभावक संघ रुपन्देहीका अध्यक्ष तथा केन्द्रीय सदस्य लोकनाथ ज्ञवालीले विद्यालयले सबै क्षेत्र र वर्गको भावना समेटेर व्यावहारिक शिक्षा प्रदान गरेकोले सबैको रोजाइ बन्न पुगेको बताए ।

कार्यक्रममा मन्तव्य राख्दै बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख मित्रमणि खनालले विद्यालयले विद्यार्थीलाई शैक्षिक गतिविधिमा मात्र नभई अतिरिक्त क्रियाकलापमार्फत उनीहरुको सर्वाङ्गीण विकासलाई उच्च महत्त्व दिनुपर्ने बताए । यसैगरी जिल्ला शिक्षा समन्वय एकाइ, रुपन्देहीका अध्यक्ष दिपेन्द्र ढकालले विद्यालयले समयसान्दर्भिक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए । यसैगरी कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य यज्ञमूर्ति पाण्डे, एन प्याब्सन, राष्ट्रिय परिक्षा बोर्डका प्रमुख रमाकान्त तिवारी तथा हिसान रुपन्देहीका सचिव बाबुराम बन्जाडे आदिले आफ्ना महत्त्वपूर्ण भनाइहरु राखे ।

कार्यक्रममा अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल, प्याब्सन नेपालका केन्द्रीय सदस्य टीकाराम न्यौपाने, राष्ट्रिय परीक्षा बोर्ड रुपन्देहीका प्रमुख बाबुराम भण्डारी लगायतले शैक्षिक हवका रुपमा बिकास हुँदै गुणस्तरीय शिखा दिदै आएको अक्फोर्ड यश क्षेत्रकै नमुना बन्दै गएको बताए ।

कार्यक्रममा गत वर्ष एसइइ परीक्षामा ४ जिपिए ल्याउने विद्यार्थीहरुलगायत शैक्षिक नतिजामा उत्कृष्ट नतिजा ल्याउने अन्य विद्यार्थीहरुलाई कार्यक्रमका सभाध्यक्ष तथा अन्य अतिथिहरुले पुरस्कार वितरण गरी हौसला बढाएका थिए । अन्त्यमा कार्यक्रमका सभाध्यक्ष दुर्गादत्त भण्डारीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गरे । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्राचार्य चिरञ्जीवी सापकोटा तथा शिक्षक अस्मिता थापाले गरेका थिए ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ७ : ३२ बजे

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको