२९ मंसिर २०८२, सोमबार | December 15, 2025

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री लगायतले गरे हनुमानढोकामा वसन्त श्रवण (फोटोफिचर)



काठमाडौं । वसन्त श्रवणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हनुमानढोका पुगेर वसन्त श्रवण गरेका छन् ।

बिहान १०ः४७ को शुभ साइतमा हनुमानढोका दरबार हेरचाह अड्डाका पण्डित देवराज अर्यालले महाकवि जयदेव पन्तद्वारा रचित गुरु गोविन्द महाकाव्यको वसन्त राग श्रवण गराएका थिए । सो अवसरमा वाद्यवादन पनि प्रस्तुत गरिएको थियो ।

वसन्त श्रवणमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, सभामुख, सांसदहरू, संवैधानिक अंकका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति थियो ।

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमी अर्थात् वसन्त पञ्चमीका दिन हनुमानढोका दरबार क्षेत्रका नासलचोकमा वसन्त श्रवण गर्ने परम्परा छ । आजै विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।

 

 

 

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  १२ : ४३ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले