१३ जेष्ठ २०८१, आइतबार | May 26, 2024

आत्मदाह गर्ने स्व.आचार्यको सम्झनामा नेपालगन्जमा शोकसभा, व्यवसायीको सरकारप्रति आक्रोश



नेपालगन्ज । संघीय संसद भवन अगाडी आत्मदाह गरेका व्यवसायी प्रेम प्रसाद आचार्यको निधनको शोकमा नेपालगन्ज उद्योग वाणिज्य संघले बिहिवार धम्वोझीचोकमा शोकसभा गर्दै सरकार प्रति आक्रोश पोखेको छ । नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालय अगाडी आयोजित शोकसभामा उपस्थित उद्योगी,व्यवसायीहरुले आचार्यको निधनमा शोक प्रकट गर्दै सरकारप्रति आक्रोस व्यक्त गरे ।

उनीहरुले धरासायी बन्दै गएको अर्थतन्त्र उकास्न सरकार अनि राष्ट्र बैंकले कुनै उल्लेखिय कदम नचाल्दाको परिणाम उद्योगी,व्यवसायीले अनाहकमा ज्यान गुमाउनु परेको बताए । सरकारका अव्यवहारिक र अनुचित नितिका कारण उद्योगरव्यवसाय धराशायी बनेको ब्यवसायीको ठहर थियो ।

इलामको सूर्योदय नगरपालिका निवासी व्यवसायी आचार्य ‘सन्तोष’को संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएको थियो ।

शोकसभामा बोल्दै नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सरकारका अव्यवहारिक र अनुचित नितिका कारण उद्योगरव्यवसाय धराशायी बनेको बताए । उनले आत्मदाहको अवस्था आउनुमा सरकार जिम्मेवार रहेको आरोप लगाउँदै सरकारले सबैखाले अनुचित नीति फिर्ता गरेर व्यवसाय मैत्री नीति ल्याउनु पर्ने बताए ।

संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले राज्यको गलत नीतिका कारण व्यवसायीहरु घर न घाटको अबस्थामा आइपुग्नुपरेको बताए।

हाल उत्पन्न समस्या समाधान गर्दै सहज वातावरण निर्माणको पर्खाइमा बसेका व्यवसायी तथा जनतालाई सरकारका तर्फबाट राहत महसुस हुने कुनै कदम नचालिएको संघका महासचिव चिरञ्जीवी ओलीले बताए । हरेक क्षेत्रमा अनुचित र अव्यवहारिक नीति बनाउदाको परिणाम स्वदेशमै रहेर इलम गर्ने सपना देखेका होनहार व्यवसायी प्रेमप्रसाद आचार्यले अत्यन्तै गम्भीर र मानवजिवनमा अस्वीकार्य कदम चाल्न बाध्य भएको उनले बताए ।

आत्मदाह पूर्ब आचार्यले उठान गरेको आर्थिक क्षेत्रका अव्यवहारिक नीतिको पीडा हरेक उद्योगी,व्यवसायी भोग्नुपरिरहेको संघले ठहर गरेको छ । आचार्यले उठान गरेको २५ बुँदालाई कार्यान्वयन गर्न पनि संघले सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  २ : ११ बजे

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १० औंँ स्थानमा

काठमाडौं । नेपाल भू-बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं। महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७९/०८० को ६१ औँ वार्षिक

तराईमा केहीदिन अत्याधिक गर्मीको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका भू-भागहरूमा अत्याधिक

विश्वप्रकाशको आरोप – महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भातृ संस्था बन्यो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले महान्यायाधिवक्ताको कार्यालय

अचाक्ली गर्मी बढेपछि नेपालगन्ज उपमहानगरले दियो ४ दिन विद्यालय बिदा

नेपालगन्ज । नेपालगन्जमा अत्याधिक गर्मी सहित तातो हावा लु चलेपछि