२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

आत्मदाह गर्ने स्व.आचार्यको सम्झनामा नेपालगन्जमा शोकसभा, व्यवसायीको सरकारप्रति आक्रोश



नेपालगन्ज । संघीय संसद भवन अगाडी आत्मदाह गरेका व्यवसायी प्रेम प्रसाद आचार्यको निधनको शोकमा नेपालगन्ज उद्योग वाणिज्य संघले बिहिवार धम्वोझीचोकमा शोकसभा गर्दै सरकार प्रति आक्रोश पोखेको छ । नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालय अगाडी आयोजित शोकसभामा उपस्थित उद्योगी,व्यवसायीहरुले आचार्यको निधनमा शोक प्रकट गर्दै सरकारप्रति आक्रोस व्यक्त गरे ।

उनीहरुले धरासायी बन्दै गएको अर्थतन्त्र उकास्न सरकार अनि राष्ट्र बैंकले कुनै उल्लेखिय कदम नचाल्दाको परिणाम उद्योगी,व्यवसायीले अनाहकमा ज्यान गुमाउनु परेको बताए । सरकारका अव्यवहारिक र अनुचित नितिका कारण उद्योगरव्यवसाय धराशायी बनेको ब्यवसायीको ठहर थियो ।

इलामको सूर्योदय नगरपालिका निवासी व्यवसायी आचार्य ‘सन्तोष’को संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएको थियो ।

शोकसभामा बोल्दै नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सरकारका अव्यवहारिक र अनुचित नितिका कारण उद्योगरव्यवसाय धराशायी बनेको बताए । उनले आत्मदाहको अवस्था आउनुमा सरकार जिम्मेवार रहेको आरोप लगाउँदै सरकारले सबैखाले अनुचित नीति फिर्ता गरेर व्यवसाय मैत्री नीति ल्याउनु पर्ने बताए ।

संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले राज्यको गलत नीतिका कारण व्यवसायीहरु घर न घाटको अबस्थामा आइपुग्नुपरेको बताए।

हाल उत्पन्न समस्या समाधान गर्दै सहज वातावरण निर्माणको पर्खाइमा बसेका व्यवसायी तथा जनतालाई सरकारका तर्फबाट राहत महसुस हुने कुनै कदम नचालिएको संघका महासचिव चिरञ्जीवी ओलीले बताए । हरेक क्षेत्रमा अनुचित र अव्यवहारिक नीति बनाउदाको परिणाम स्वदेशमै रहेर इलम गर्ने सपना देखेका होनहार व्यवसायी प्रेमप्रसाद आचार्यले अत्यन्तै गम्भीर र मानवजिवनमा अस्वीकार्य कदम चाल्न बाध्य भएको उनले बताए ।

आत्मदाह पूर्ब आचार्यले उठान गरेको आर्थिक क्षेत्रका अव्यवहारिक नीतिको पीडा हरेक उद्योगी,व्यवसायी भोग्नुपरिरहेको संघले ठहर गरेको छ । आचार्यले उठान गरेको २५ बुँदालाई कार्यान्वयन गर्न पनि संघले सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  २ : ११ बजे

बुटवलमा विद्यालयस्तरीय राष्ट्रिय छात्र भलिबल प्रतियोगिता बिहीबारदेखि

बुटवल । मदन भण्डारी स्पोर्टस् एकेडेमीले मदन भण्डारीको ७५ औँ

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन : एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा

सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद

मनास्लु आरोहणको ७० वर्ष : आरोहीलाई सम्मान

काठमाडौं । मनास्लु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा

प्रधानमन्त्री फेरि के बोल्ने हुन् भन्ने डर छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता