१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

काष्ठकला उद्योगबाट मनग्य आम्दानी गर्दै रसाइली



धनकुटा । सीप भए विदेश वा कतै भौँतारिनु पर्दैन, जहाँ बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन् मोरङको शनिश्चरेबाट धनकुटा बसाइसराइ गरी आएका कृष्ण रसाइली ।

धनकुटालगायत पहाडी जिल्लाका धेरै नागरिक सेवा सुविधा र रोजगारका लागि तराइमा बसाइसराइ गर्न लहर चलेको छ । तराईमा जमिन किन्न होडबाजी छ । तर त्यसको विपरीत ४० वर्षीय रसाइली भने काष्ठकला उद्योग सञ्चालनका लागि पाँच वर्षअघि बसाइसराइ गरी धनकुटा आए ।

रसाइली मोरङको पथरी शनिश्चरे नगरपालिका-८ बाट महालक्ष्मी नगरपालिका वडा नं ९ को ग्रामीण क्षेत्रमा आएका हुन् । विसं २०६३ मा उनी रोजगारका सिलसिलामा मलेसिया गएका थिए । सोचेजस्तो पारिश्रमिक नपाउँदा खान-बस्नसमेत नपुगेपछि रसाइली त्यहाँबाट भागेर अवैधानिक रूपमा साढे चार वर्ष अन्यत्र सुरक्षा गार्डका रूपमा काम गरे ।

सो समयमा मासिक रु १८ हजार नेपाली तलबमा काम गरेका रसाइली अनधिकृतरूपमा काम गरेको आरोपमा जेल परेर २०६८ सालमा नेपाल फर्किए । उनले भने, “विदेश बसेर पैसा कमाउन सकिएन, नेपाल आएर पुर्ख्यौली पेसामा लागेँ ।”

पुर्ख्यौली पेसा काठको काम गर्ने (चुँदार) भएकाले रसाइली सोही कामका लागि सात वर्षअघिबाट धनकुटाका विभिन्न खोलामा काठका सामान बनाउँदै आएका छन् । पानीघट्टको सहाराले काठलाई कुँदेर गरिने कामलाई रसाइलीले व्यावसायिक बनाए ।

रसाइलीले अनुभवका आधारमा सम्भावना देखेर २०७५ देखि घरमै उद्योग सञ्चालन गरे । दुई वर्षअघि घरेलु ठेकी तोङ्वा उद्योग दर्ता गरेका रसाइलीले मासिक रु २० हजार पारिश्रमिक दिएर दुई सहयोगी र रु ५५ हजार पारिश्रमिक दिएर तीन कालिगड राखेका छन् ।

साठीदेखि ७० प्रकारका काठका सामग्री बनाएर बिक्री गर्दै आएका रसाइलीले एउटा सामानको रु दुई सयदेखि रु २२ हजारसम्ममा बिक्री गर्दै आएका छन् । वार्षिक रु २५ लाखदेखि रु ४० लाखसम्म कारोबार गरेर मासिक रु दुई लाख कमाइ गरिरहेका रसाइलीले भने, “श्रम र सीप हुनेलाई नेपालमै काम र दाम पर्याप्त छ ।”

समय र उमेर रहेकै बेला विदेश र अन्यत्र भौतारिनुभन्दा बेलैमा सीप सिकेर उद्यमशील बन्नुपर्ने युवाहरूलाई उनको सुझाव छ । कुनै तालिम नलिई युट्युबमा हेरेर विभिन्न सामग्री तयार गरेर रसाइलीले ताप्लेजुङ, इलाम, सुनसरी, झापा, काठमाडौँलगायत क्षेत्रमा बेच्दै आएका छन् ।

महालक्ष्मी नगरपालिकाको जीतपुर बजारमा हरेक वर्षको श्रीपञ्चमीमा लाग्ने वसन्त पञ्चमी मेलामा कक्ष लिँदै आएका रसाइलीले आफ्नो व्यवसाय प्रवर्द्धनमा नगरपालिकाले सहयोग गरेको बताए ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ९ : ०२ बजे

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन्