६ माघ २०८२, मंगलबार | January 20, 2026

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्री गिरीको निर्देशन



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

बिहीबार सङ्घ र प्रदेश मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले एकद्वार प्रणालीद्वारा सेवा प्रवाहको प्रबन्ध मिलाउन निर्देशन दिए ।

स्वास्थ्यमन्त्री गिरीले एउटै कामका लागि घण्टौं लाइनमा बस्नुपर्ने र विभिन्न फाँटमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्न सुझाव दिए । “ऐन, नियम र कानुनको परिधिभित्र रही कार्यालयको काम गर्नुस्, दबाब र प्रभावमा परेर होइन्”, उनले भने। जिल्लामा सञ्चालित विकास निर्माणका काम समयमै सम्पन्न गर्न सम्बन्धित कार्यालय र आयोजना प्रमुखलाई मन्त्री गिरीले निर्देशन दिए ।

“स्थानीयस्तरमै समाधान गर्न सकिने समस्या तत्काल समाधान गर्र्नुपर्छ । उल्झन देखिएमा मलाई जानकारी गराउनु होला”, उनले भने ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य भक्त कुँवरले कानुनी जटिलताका कारण कतिपय आयोजनाको काममा ढिलासुस्ती हुने गरेको उल्लेख गर्दै कानुन संशोधन गरेर पूर्वाधार निर्माण तीव्ररुपमा गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ९ : २९ बजे

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच