३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

सर्भर डाउनको समस्या समाधान भएपछि अन्तरराष्ट्रिय उडान सुचारु



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको सर्भरमा समस्या आएको भन्दै दुई घण्टा देखि अवरूद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ।

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार सबै सरकारी सर्भर डाउन भएकाले समस्या आएको थियो । अहिले भने जहाज उडान तथा अवतरणमा कुनै समस्या नभएको ठाकुरले भने । २ घण्टा उडान अवरुद्ध हुँदा यात्रुको व्यवस्थापन अस्तब्यस्त हुनुका साथै विमानस्थलमा यात्रुको ठूलो भिड बढेको थियो । एक्कसी सर्भरमा बाहिरी मुलुकबाट हाई ट्राफिक आएका कारण सरकारी सर्भर डाउन भएको अध्यागमन विभागले जनाएको छ ।

उता राष्ट्रिय सूचना प्रविधि केन्द्रले विदेशबाट एकै पटक सर्भर एक्कासी ट्राफिक आउँदा सरकारी कार्यालयका समस्या आएको जानकारी दिएको छ । डेढ घन्टायता सबै सरकारी कार्यलयका जीओभी डटएनपी वेबसाइट डाउन भइरहेको र यसलाई अबको केही समयभित्रै रिकभर गरिने केन्द्रले जनाएको छ ।

केहीबेर अघि इण्डिगो एयरको जहाज भारतको नयाँदिल्ली उडेको छ भने फ्लाई दुबईको जहाज भर्खरै अवतरण गरेको छ। कतार एयरवेजको जहाज पनि अवतरणको तयारीमा छ।

महाप्रबन्धक ठाकुरले विगतमा पनि यस किसिमको समस्या उत्पन्न हुने गरेको भन्दै विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी बनाउन आइतबार अध्यागमनसँग बैठक बसेर आवश्यक निर्णय लिइने बताए। उनले सबै सरकारी सर्भर डाउन भएकाले आजको समस्या आएको जिकिर गरे।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ५ : ४१ बजे

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन । यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौंका यी स्थानमा काटिदैछ आज बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज

ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री-वितरणलाई थप

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय