४ चैत्र २०८२, बुधबार | March 18, 2026

खानेपानी निर्माण तथा उपभोक्ता समिति बुद्धनगरको आर्थिक वर्ष ०७८/७९ को आय व्यव सार्वजनिक



बुटवल । खानेपानी निर्माण तथा उपभोक्ता समिति बुटवल-११ बुद्धनगर नहरपुरले आर्थिक वर्ष ०७८/७९को आय व्यय सार्वजनिक तथा अनुमोदन कार्यक्रम सम्पन्न गरेको छ ।

समितिले हरेक वर्ष साधारणसभा अगाडि वर्षभरका आयव्यय सबै उपभोक्तालाई डाकेर अनुमोदन गर्ने परम्परा बसालेको छ ।

साधारणसभामा उपभोक्ताबाहेक अन्य क्षेत्रका पाहुनालाई पनि बोलाइन्छ, पहिले आन्तरिक हिसाबमिलान गरेर अनुमोदन गरेपछि त्यो दिन नीतिगत सामुहिक विषयमा छलफल गर्न सजिलो हुन्छ- समितिका अध्यक्ष आशिष सूर्यवंशीले भने ।
यो समिति बुटवल क्षेत्रमा धेरै उपभोक्ता रहेको अन्र्तगत पर्दछ । यहाँ करिब १२ सय उपभोक्ता रहेका छन् ।

समितिका अध्यक्ष आशिष सूर्यवंशीको अध्यक्षता र सचिव अर्जुन जीसीको संचालनमा शनिबार भएको कार्यक्रममा कोषाध्यक्ष विष्णु जीसीले ३३ लाख ४३ हजार ३८ रुपैयाँको कारोबार भएको विवरण प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा चालुवर्षमा सार्वजनिक महशुलबाट ६० हजार १ सय ६१,निजी महशुल १८ लाख ७५ हजार ८ सय ४०, धारा जडान र नामसारीबाट २ लाख ६१ हजार १ सय ९ र बैंक ब्याजबाट ८ हजार ९ र अघिल्लो वर्षको अल्याबाट ११ लाख ३७ हजार ९ सय १८ गरी ३३ लाख ४३ हजार ३८ रुपैयाँ आम्दानी भएकोमा विभिन्न शिर्षकमा २२ लाख ६ हजार ८ सय ७५ खर्च भएको विवरण पेश भएकोमा सर्वसम्मतले अनुमोदन भएको थियो ।

कार्यक्रममा बुटवल ११ का जनप्रतिनिधि नकुल शाहीले उपभोक्ताको सचेतनाबाट खानेपानीको संरक्षण र वातावरणको संरक्षण हुने बताए । उनले आफ्नो क्षेत्रमा रहेको सार्वजनिक सम्पतिको संरक्षण गरेर गाउँटोललाई नमुना बनाउनुपर्ने बताए । कार्यक्रममा सल्लाहकार महेन्द्र भुसाल, भगवती टोलविकास संस्थाका अध्यक्ष टोपलाल भुसाललगायतले बोलेका थिए ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ५ : ५० बजे

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको