२२ असार २०८३, सोमबार | July 6, 2026

राष्ट्रिय विभूति भक्ति थापाको जन्म स्थललाई ऐतिहासिक स्थलको रुपमा विकास गरिने



लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले राष्ट्रिय विभूति भक्ति थापाको जन्म स्थललाई ऐतिहासिक स्थलको रुपमा विकास गर्ने भएको छ । मर्स्याङ्दी गाउँपालिकाको वडा नं. ३ ढगैबेसीमा भक्ति थापा स्मृति केन्द्र तथा पार्क निमार्ण गरी ऐतिहासिक रुपमा विकास गर्ने भएको हो ।

पर्यटन प्रवद्र्धन सँगै ऐतिहासिक स्थलको संरक्षणमा लागि परेको मर्स्याङदी गाउँपालिकाले नेपाल एकिकरण अभियानका सरदार भक्ति थापाको योगदानलाई सदा सम्मान र कदर गर्दै थापाको विरतालाई आगामी पुस्तामाझ जिवीत राख्न स्मृति केन्द्र तथा पार्क निमार्ण गर्ने योजना बनाएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।

गाउँपालिकाले उक्त स्थलको संरक्षण र विकासका लागि “राष्ट्रिय विभूति भक्ति थापा जन्म स्थल स्मृति केन्द्र” को नयाँ कार्यसमिति गठन गरेको छ ।

स्थानीयहरुको भेलाले प्रमेवहादुर बस्नेतको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । यसैगरी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ संयोजक रहने गरी सात सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ ।

विभिन्न सरंचना सहित भक्ति थापा स्मृति केन्द्र तथा पार्क निमार्णको लागि गाउँपालिकाले गत वर्ष नै डिपिआर निमार्ण गरिसकेको छ । पालिकाले चालु आर्थिक वर्ष स्मृति केन्द्रको लागि ५ लाख वजेट विनियोजन गरेको जनाएको छ । उक्त बजेटबाट खानेपानी शौचालय निमार्णको योजना रहेको छ ।

स्मृति केन्द्र र पार्क निमार्ण लागि ठूलो रकम चाहिने हुँदा संघ तथा प्रदेश सरकारसँग माग गर्ने गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।

 

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ८ : १७ बजे

अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष

सार्वजनिक स्थलमा महिलासामु अश्लील हर्कत गरेको आरोपमा शिक्षा अधिकृत पक्राउ

काठमाडौं । सार्वजनिक स्थलमा एक महिलासामु अश्लील हर्कत गरेको आरोपमा

बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक

नेपालगन्ज । कानुनी विवादमा परेका बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा,

भन्सार सुधारका लागि एडीबीले नेपाललाई ५ करोड अमेरिकी डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मसातो कान्डाले नेपालको

२६ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज