६ माघ २०८२, मंगलबार | January 20, 2026

राष्ट्रिय विभूति भक्ति थापाको जन्म स्थललाई ऐतिहासिक स्थलको रुपमा विकास गरिने



लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले राष्ट्रिय विभूति भक्ति थापाको जन्म स्थललाई ऐतिहासिक स्थलको रुपमा विकास गर्ने भएको छ । मर्स्याङ्दी गाउँपालिकाको वडा नं. ३ ढगैबेसीमा भक्ति थापा स्मृति केन्द्र तथा पार्क निमार्ण गरी ऐतिहासिक रुपमा विकास गर्ने भएको हो ।

पर्यटन प्रवद्र्धन सँगै ऐतिहासिक स्थलको संरक्षणमा लागि परेको मर्स्याङदी गाउँपालिकाले नेपाल एकिकरण अभियानका सरदार भक्ति थापाको योगदानलाई सदा सम्मान र कदर गर्दै थापाको विरतालाई आगामी पुस्तामाझ जिवीत राख्न स्मृति केन्द्र तथा पार्क निमार्ण गर्ने योजना बनाएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।

गाउँपालिकाले उक्त स्थलको संरक्षण र विकासका लागि “राष्ट्रिय विभूति भक्ति थापा जन्म स्थल स्मृति केन्द्र” को नयाँ कार्यसमिति गठन गरेको छ ।

स्थानीयहरुको भेलाले प्रमेवहादुर बस्नेतको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । यसैगरी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ संयोजक रहने गरी सात सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ ।

विभिन्न सरंचना सहित भक्ति थापा स्मृति केन्द्र तथा पार्क निमार्णको लागि गाउँपालिकाले गत वर्ष नै डिपिआर निमार्ण गरिसकेको छ । पालिकाले चालु आर्थिक वर्ष स्मृति केन्द्रको लागि ५ लाख वजेट विनियोजन गरेको जनाएको छ । उक्त बजेटबाट खानेपानी शौचालय निमार्णको योजना रहेको छ ।

स्मृति केन्द्र र पार्क निमार्ण लागि ठूलो रकम चाहिने हुँदा संघ तथा प्रदेश सरकारसँग माग गर्ने गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।

 

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ८ : १७ बजे

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसले नैनसिंह महरलाई बनायो उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी

मनोनयनको दिनलाई ओलीको सन्देश- ‘भत्किएका सपना आजबाट फेरि जगाउँदै सुन्दर भविष्यको यात्रा सुरु’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

एमालेले पाल्पा-२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं । नेकपा एमालेले पाल्पा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

नवलपरासी । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा

रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण

बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज