२२ असार २०८३, सोमबार | July 6, 2026

स्थापना दिवसका अवसरमा प्रेस सेन्टरको प्रभातफेरी



 

काठमाडौं । प्रेस सेन्टर नेपालले १९औँ स्थापना दिवस आज विभिन्न कार्यक्रम आयोजना गर्दै मनाएको छ । देश तथा विदेशमा विविध कार्यक्रमका साथ स्थापना दिवस मनाइएको सङ्गठनका अध्यक्ष विष्णु सापकोटाले जानकारी दिए ।

प्रेस सेन्टरको केन्द्रीय समितिले आज बिहान काठमाडौँमा प्रभातफेरीको आयोजना गरेको थियो । माइतीघर मण्डलाबाट सुरु भएको प्रभातफेरी बबरमहल पुगेर सभामा परिणत भएको थियो ।

विसं २०६१ माघ १५ मा स्थापना भएको माओवादी निकट पत्रकार सङ्गठन प्रेस सेन्टर नेपालले स्थापना दिवस देशव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागिएको सङ्गठनका महासचिव सन्तोष पौडेलले जानकारी दिए ।

प्रभातफेरीपछि आयोजित कार्यक्रमलाई सङ्गठनका संस्थापक अध्यक्ष महेश्वर दाहाल, वर्तमान अध्यक्ष सापकोटाले जनपक्षीय पत्रकारितामार्फत् देश र जनताको हितका पक्षमा आफूहरु प्रतिबद्ध भएर लागिपर्ने बताए ।

प्रेस सेन्टरले राष्ट्र, राष्ट्रियता र जनजीविकाका पक्षमा कलम चलाउँदै आइरहेको बताउँदै अध्यक्ष सापकोटाले कृष्ण सेन ‘इच्छुक’लगायतले देखाएको बाटोमा अविचलित रुपमा अगाडि बढ्ने प्रण गरे ।

 

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ११ : २७ बजे

अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष

सार्वजनिक स्थलमा महिलासामु अश्लील हर्कत गरेको आरोपमा शिक्षा अधिकृत पक्राउ

काठमाडौं । सार्वजनिक स्थलमा एक महिलासामु अश्लील हर्कत गरेको आरोपमा

बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक

नेपालगन्ज । कानुनी विवादमा परेका बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा,

भन्सार सुधारका लागि एडीबीले नेपाललाई ५ करोड अमेरिकी डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मसातो कान्डाले नेपालको

२६ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज