५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

स्थापना दिवसका अवसरमा प्रेस सेन्टरको प्रभातफेरी



 

काठमाडौं । प्रेस सेन्टर नेपालले १९औँ स्थापना दिवस आज विभिन्न कार्यक्रम आयोजना गर्दै मनाएको छ । देश तथा विदेशमा विविध कार्यक्रमका साथ स्थापना दिवस मनाइएको सङ्गठनका अध्यक्ष विष्णु सापकोटाले जानकारी दिए ।

प्रेस सेन्टरको केन्द्रीय समितिले आज बिहान काठमाडौँमा प्रभातफेरीको आयोजना गरेको थियो । माइतीघर मण्डलाबाट सुरु भएको प्रभातफेरी बबरमहल पुगेर सभामा परिणत भएको थियो ।

विसं २०६१ माघ १५ मा स्थापना भएको माओवादी निकट पत्रकार सङ्गठन प्रेस सेन्टर नेपालले स्थापना दिवस देशव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागिएको सङ्गठनका महासचिव सन्तोष पौडेलले जानकारी दिए ।

प्रभातफेरीपछि आयोजित कार्यक्रमलाई सङ्गठनका संस्थापक अध्यक्ष महेश्वर दाहाल, वर्तमान अध्यक्ष सापकोटाले जनपक्षीय पत्रकारितामार्फत् देश र जनताको हितका पक्षमा आफूहरु प्रतिबद्ध भएर लागिपर्ने बताए ।

प्रेस सेन्टरले राष्ट्र, राष्ट्रियता र जनजीविकाका पक्षमा कलम चलाउँदै आइरहेको बताउँदै अध्यक्ष सापकोटाले कृष्ण सेन ‘इच्छुक’लगायतले देखाएको बाटोमा अविचलित रुपमा अगाडि बढ्ने प्रण गरे ।

 

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ११ : २७ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन