६ माघ २०८२, मंगलबार | January 20, 2026

भूकम्प आउने हल्लाले जुम्ला, मुगु र बाजुराका स्थानीय रातभर घरबाहिर जाग्राम



काठमाडौं । भूकम्प आउने हल्ला चलेपछि जुम्ला, मुगु र बाजुराका बासिन्दा रातभर बाहिर बसेका छन् ।

भूकम्पको हल्ला फैलिएपछि स्थानीय घर छाडेर खेतबारी र सडकमा बस्न बाध्य भएका हुन् । भूकम्प आउँदैछ भन्ने हल्ला चलेपछि कठ्यांग्रिदो चिसोमा मानिसहरू बाहिर बसेका तस्विर सामाजिक सञ्जालमा समेत छ्याप्छ्याप्ती भए ।

महिला, बालबालिका तथा वृद्धवृद्धा बढी त्रासमा परे ।​ सिमिकोटका नवराज महताराले भूकम्पको हल्ला गर्दै जुम्ला, मुगु र बाजुराका मानिसलाई चिसोमा रातभर घर बाहिर बसाइएको बताए । उनले यसरी हल्ला फैलाउनेलाई कारबाहीका लागि प्रशासनलाई नागरिकले सघाउनुपर्ने उल्लेख गरेका छन् ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले भूकम्पबारेको जिज्ञासासहित रातभर फोन आएको बताए । ‘रातभर फोनले हैरान पार्‍यो । मानिसहरूलाई दुःख दिनेको खोजी गरी कारबाही गर्नेछौँ’, उनले भने ।

उनले यो हल्लाको पछि नलाग्न र सचेत हुन सुझाव दिए । भूगर्भविद्हरू पनि भूकम्पकोपूर्वानुमान गर्न नसकिने भएकाले त्रासमा पर्न नहुने बताउँछन् ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ८ : २१ बजे

नेपालगन्ज-गुलरिया हुलाकी राजमार्ग : पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

बाँके । नेपालगन्ज-गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका-३ स्थित पेडारी नालामा

जोमसोमका पानीघट्ट स्तरोन्नति

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका-४ जोमसोममा वर्षौंदेखि प्रयोगविहीन अवस्थामा रहेको

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसले नैनसिंह महरलाई बनायो उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी

मनोनयनको दिनलाई ओलीको सन्देश- ‘भत्किएका सपना आजबाट फेरि जगाउँदै सुन्दर भविष्यको यात्रा सुरु’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

एमालेले पाल्पा-२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं । नेकपा एमालेले पाल्पा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा