६ माघ २०८२, मंगलबार | January 20, 2026

कृषि, पर्यटन र जलस्रोतको विकासले मात्र मुलुक समृद्ध हुन्छ : कांग्रेस वरिष्ठ नेता पौडेल



तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषि, पर्यटन र जलस्रोतको विकासले मात्र मुलुक समृद्ध बन्ने बताएका छन् ।

शहीद दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाद्वारा आज आयोजित ‘अल्ट्रा म्याराथन’को शुभारम्भ गर्दै पौडेलले आर्थिक समृद्धि हासिल गर्न राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्नुपर्ने बताए । “ राष्ट्रको उन्नति र समृद्धिका लागि राष्ट्रिय एकताको खाँचो छ”, वरिष्ठ नेता पौडेलले भने, “राष्ट्रिय एकताको कुरा गर्दा कसैलाई मेरो भाग खोसिन लाग्यो की भन्ने लागेको छ तर त्यस्तो होइन ।”

गाउँका जनतालाई गाउँमै रोजगारी र आम्दानी सिर्जना गर्नुपर्ने जनाउँदै वरिष्ठ नेता पौडेलले पर्यटन प्रवद्र्धनबाट त्यो सम्भव रहेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ र जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले म्याराथनले दुई ऐतिहासिक गाउँ जोड्ने प्रयास गरेको बताए

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलकुदको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य राखिएको बताए । व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमि दूरीको म्याराथनमा ५७ धावकको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ६१ हजार, द्वितीय हुनेलाई रु ५१ हजार, तृतीय हुनेलाई रु ३८ हजार र सान्त्वना हुने तीन जनालाई जनही रु १२ हजार पाँच सय प्रदान गरिनेछ ।

म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर समाप्त हुनेछ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ११ : ०७ बजे

नेपालगन्ज-गुलरिया हुलाकी राजमार्ग : पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

बाँके । नेपालगन्ज-गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका-३ स्थित पेडारी नालामा

जोमसोमका पानीघट्ट स्तरोन्नति

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका-४ जोमसोममा वर्षौंदेखि प्रयोगविहीन अवस्थामा रहेको

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसले नैनसिंह महरलाई बनायो उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी

मनोनयनको दिनलाई ओलीको सन्देश- ‘भत्किएका सपना आजबाट फेरि जगाउँदै सुन्दर भविष्यको यात्रा सुरु’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

एमालेले पाल्पा-२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं । नेकपा एमालेले पाल्पा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा