२९ मंसिर २०८२, सोमबार | December 15, 2025

अश्लील भिडियो बनाई महिलाको चरित्रहत्या गर्ने एकजना पक्राउ



काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका(७ खड्काथोक बस्ने २४ वर्षीय अर्जुन खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा पीडित महिलासँग चिनजान भई म्यासेञ्जरमा कुराकानी गरी प्रेम सम्बन्ध स्थापित गर्ने, शारीरिक सम्बन्ध राखी उक्त सम्बन्धको अश्लील फोटो तथा भिडियो बनाई पीडितको साथीको फेसबुक म्यासेञ्जरमा पठाएर अनावश्यक दुस्ख, हैरानी दिने, समाजमा पीडितको चरित्रहत्या, बदनाम, बेईज्जत हुने कार्य गरेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीउपर विद्युतीय कारोवार ऐन, २०६३  अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ४ : १० बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष