१० चैत्र २०८२, मंगलबार | March 24, 2026

मध्य जाडोमा पनि भएन न्यानो कपडाको व्यापार



काठमाडौं । यस पटकको जाडो सकिन लाग्यो, आधा माघ कटिसक्यो तर, अघिल्ला वर्षहरुमा झै यस वर्ष व्यापारीहरुले न्यानो कपडाको व्यापार गर्न पाएका छैनन् । यो वर्ष हिउँदे जाडोको सुरुदेखि नै व्यापार बढ्न नसक्दा महाबौद्ध र गुच्चा टोलका व्यापारीहरु फुर्सदिला देखिन्छन् ।

काठमाडौंको महाबौद्धमा विगत २७ वर्षदेखि कपडाको थोक व्यापार गर्दैआएका व्यापारी अशोक प्रधानले सरकारले कपडाको मूल्य बढाइदिएकाले पनि व्यापार बढ्न नसकेको बताउछन ।

“कपडाको मूल्य बढाइएकाले पनि खरिद गर्ने ग्राहकहरु यो वर्ष घट्न पुग्यो”, उनले भने । कोभिड-१९ को महामारीले दुई वर्षसम्म व्यापार थिलथिलो भयो । यस्तैमा सरकारले उल्टै कर बढाइ दिएपछि यस वर्ष सोचेजस्तो कपडाको व्यापार गर्न नसकेको कपडा व्यापारीहरुको धारणा छ ।

“चीनको केरुङ नाकाबाट सामान ल्याउँदा बढी समय लाग्यो । त्यसले पनि सिजनमा ब्यापार गर्न नसक्ने अवस्था हामीलाई आइलाग्यो”, उनले भने – “उत्तरका नाका लामो समय बन्द भएकाले हामीले समुद्रको बाटोबाट सामान ल्याउने गरेको छौँ जसका कारण हाम्रो ढुवानी खर्च बढी हुन गयो । त्यसकारण पनि सामान महङ्गोमा बेच्नु परेको छ ।” सरकारबाट कर बढाइनु, उत्तरी नाका लामो समयदेखि नखुल्नु जस्ता कारण ग्राहकलाई मार पर्न गएको उनको भनाइ छ ।

उनका अनुसार नेपालभित्रै पनि तयारी पोशाक कारखानाहरु धेरै खुलेका छन् । चीन र भारतबाट ल्याइने प्रकृतिकै सामान यहाँ पनि उत्पादन हुने गर्छ । त्यसो भएर पनि हिजोआज चीनबाट आयातित कपडा बिक्न छाडेको हो ।

केही वर्षअघिसम्म कपडा मात्रै हैन अन्य चिनियाँ सामान पनि नेपाल हुँदै भारतका सिलिगुडी, दार्जिलिङ र सिक्किमसम्म जाने गथ्र्यो । पछिल्लो समय ती सामान चीनबाट सिधै भारत जान थालेपछि नेपालको व्यापार क्रमशः सुक्न थालेको प्रधानले जानकारी दिए । चीनबाट थान थान कपडा ल्याएर नेपालमै तयार गरी बजारमा पठाउन थालेपछि तयारी कपडाको व्यापार खस्कन थालेको उनको अनुभव छ ।

काठमाडौंकै गुच्चा टोलमा व्यापार गर्दै आएकी ३४ वर्षीया मिना सिग्देलले पनि पहिलेको तुलनामा आधा व्यापार घटेको अनुभव सुनाए । बालेन्द्र साह काठमाडौंको मेयर चुनिएपछि फुटपाथमा व्यापार गर्न रोक लाग्यो । फुटपाथमा सामान फैलाएर बेच्ने व्यापारीले सामान किन्न छाड्दा थोक व्यापारीहरुको बिक्री घट्न गयो ।

उनका अनुसार फुटपाथ व्यापारीले सालिन्दा २० प्रतिशतसम्म सामान किन्ने गरेका थिए । “पछिल्लो समय फुटपाथमा व्यापार गर्न बन्देज लागेपछि हाम्रो व्यापारलाई पनि असर परेको छ”, सिग्देलले भने । महाबौद्धमै थोक व्यापार गर्दै आएका विनेश घिमिरे सबैको नभए पनि केही केही व्यापारीको राम्रै व्यापार भइरहेको बताउछन ।

कोभिड महामारीअघि व्यापारीहरु सिधै चीन पुगेर गुणस्तरीय सामान ल्याउने गर्थे तर, कोभिड महामारीका कारण उनीहरुले चीन गएर सामान ल्याउन सकेका छैनन् । अहिलेसम्म पनि त्यस्तो वातावरण बन्न नसक्दा व्यापारीहरुले राम्रो सामान ल्याउन नसकेको उनले बताए ।

राम्रा सामान नआएकै कारण नबिकेको तर्क घिमिरेको छ । ठूला लगानीकर्ताले ठाउँ ठाउँमा मान्छे राख्ने गरेकाले चीनबाट सामान छानेर सजिलै नेपाल ल्याउने गरेको उनको भनाइ छ । “ठूला व्यापारीले अहिले पनि गतिलो फाइदा लिइरहेका छन्”, उनले भने ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण पनि हिउँदे याममा धेरै चिसो नहुँदा न्यानो कपडाको व्यापारमा कमी आएको बुझाइ केही व्यापारीको छ । पछिल्लो समय बैंकले पनि ऋण सजिलोसँग नदिने गरेका कारण सामान कतिपय व्यापारीले बाहिरबाट सामान झिकाउन नसकेको बताइन्छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ५ : ०५ बजे

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर । भक्तपुर नगरपालिका-१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसमा दोश्रो फुटसल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१ औं स्थापना दिवसका

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो