४ भदौ २०८३, बिहिबार | August 20, 2026

परराष्ट्रमन्त्री पौड्याल श्रीलङ्का जादैँ



काठमाडौं । परराष्ट्रमन्त्री डाक्टर विमला राई पौड्याल श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन बिहीबार श्रीलङ्का जाने भएकी छिन ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको श्रीलङ्काको भ्रमणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । परराष्ट्रमन्त्री भएपछि यो उनको पहिलो विदेश भ्रमण हो ।

उनी श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसका अवसरका कोलोम्बोमा आयोजना हुने विशेष समारोहमा अतिथिका रुपमा सहभागी हुन त्यसतर्फ जाने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेले यही माघ २० र २१ गते ९फेब्रुअरी ३ र ४ तारिख० मा हुने विशेष समारोहमा दक्षिण एसियाली मुलुकका विदेशमन्त्री र अन्य विशिष्ट पाहुनालाई निमन्त्रणा गरेका छन ।

भ्रमणका दौरान मन्त्री पौड्यालले उच्चस्तरीय द्विपक्षीय राजनीतिक भेटवार्ता गर्नेछिन । उनले श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्री, भारत र माल्दिभ्सका विदेश मन्त्रीलगायतसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्ने बताइएको छ ।

मन्त्री डा पौड्याल बिहीबार त्यसतर्फ प्रस्थान गर्नेछिन । शुक्रबार विभिन्न ‘साइडलाइन मिटिङ’ हरु हुने र शनिबार मुख्य समारोहमा सहभागी हुने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ । भ्रमण सम्पन्न गरी उनी आइतबार नेपाल फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ७ : १९ बजे

उद्योगी व्यवसायीको एजेण्डाबाट विमुख उद्योग वाणिज्य संघको निर्वाचन

नेपालगन्ज । बाँकेको नेपालगन्जका व्यवसायीलाई यतीबेला चुनाव लागेको छ ।

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा देखाउँदै

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म

प्रतिनिधिसभाको दुई तिहाइले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सत्तारूढ दलका

हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं । रसुवाको उत्तरी क्षेत्र गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड

बागमतीमा ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल