३ असार २०८३, बुधबार | June 17, 2026

सुनको मूल्य घट्यो



काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू पाँच सयले घटेको छ ।

अघिल्लो दिन प्रतितोला रू एक लाख छ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख पाँच हजार आठ सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजावी सुनको मूल्य प्रतितोला रू एक लाख पाँच हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख पाँच हजार आठ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रू एक हजार तीन सय ६५ कायम रहेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ११ : १७ बजे

पैचोको ‘नेसनल सेल्स समिट’ सम्पन्न, स्वदेशी उत्पादनको बजारीकरण र कृषि उद्योग प्रवर्द्धनमा जोड

काठमाडौं । पैचो पसल प्रा.ली.ले देशभरका सेल्स प्रतिनिधीकाबीच नेसनल सेल्स

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड

काठमाडौं । आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्रः पहिचान, सम्मान

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाडौं । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

काठमाडौं । कप्तान लियोनल मेसीको ह्याट्रिकमा अर्जेन्टिनाले अल्जेरियालाई पराजित गर्दै

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका