७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

सेन्ट्रल कन्ट्रयाक्टका लागि खेलाडीको वर्गीकरण, सन्दीप लामिछाने परेनन्



काठमाडौं। नेपाल नेपाल क्रिकेट संघ (क्यान)ले सेन्ट्रल कन्ट्र्याक्टका लागि खेलाडीको वर्गीकरण गरेको छ । पुरुष र महिला खेलाडीको वर्गीकरण गरेको क्यानले बलात्कार आरोपमा राष्ट्रिय टिमको पूर्व कप्तान सन्दीप लामिछानेलाई भने समेटेको छैन ।

क्यानले गरेको पुरुष वर्गीकरणको ग्रेड ‘ए’मा रोहित पौडेल, सोमपाल कामी, करन केसी, दीपेन्द्रसिंह ऐरी र आशिफ शेख परेका छन् ।

साथै ग्रेड ‘बी’मा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल पर्दा ग्रेड ‘सी’मा कमलसिंह ऐरी, विनोद भण्डारी, गुल्शन झा, अर्जुन साउँद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव परेका छन् ।

यस्तै महिलातर्फ ग्रेड ‘ए’मा रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा छन् भने ग्रेड ‘बी’मा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्यलाई क्यानले समेटेको छ ।

साथै ग्रेड ‘सी’मा कविता जोशी, विन्दु रावल, सङ्गीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगमलाई राखिएको छ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  २ : ०० बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल