६ पुस २०८२, आइतबार | December 21, 2025

मेरो मौनता आजसम्मका लागि मात्रै हो, म अभिमन्यु होइन : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्र रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफ्नो मौनता आजसम्मका लागि मात्रै रहेको भन्दै आफूलाई अभिमन्यु नभएको बताएका छन् ।

आफ्नो मौनता आजसम्मका लागि मात्र रहेको भन्दै उनले आफ्नोबारेमा केही भन्न, गर्न, लेख्न बाँकी रहेको भए भनिहाल्न, गरिहाल्न र लेखिहाल्न सुझाव दिएका छन् ।

‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन,’ उनले फेसबुकमा लेखेका छन् ।

गत साता सर्वोच्च अदालतले उनको नेपाली नागरिकताको प्रमाणपत्र अवैध ठहर गर्दै सांसद, उपप्रधान तथा गृहमन्त्रीसहित सबै जिम्मेवारीबाट पदमुक्त गरेको थियो ।

गत आइतबार अमेरिकाको नागरिकता त्यागेको निस्सा पेस गरेर नेपाली नागरिकता प्रमाणपत्रलाई ब्युँताएका उनले त्यसयता गृहमन्त्री पदका लागि गरेको लविङको चौतर्फी आलोचना भइरहेको छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  १ : ५४ बजे

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)