३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

मेरो मौनता आजसम्मका लागि मात्रै हो, म अभिमन्यु होइन : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्र रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफ्नो मौनता आजसम्मका लागि मात्रै रहेको भन्दै आफूलाई अभिमन्यु नभएको बताएका छन् ।

आफ्नो मौनता आजसम्मका लागि मात्र रहेको भन्दै उनले आफ्नोबारेमा केही भन्न, गर्न, लेख्न बाँकी रहेको भए भनिहाल्न, गरिहाल्न र लेखिहाल्न सुझाव दिएका छन् ।

‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन,’ उनले फेसबुकमा लेखेका छन् ।

गत साता सर्वोच्च अदालतले उनको नेपाली नागरिकताको प्रमाणपत्र अवैध ठहर गर्दै सांसद, उपप्रधान तथा गृहमन्त्रीसहित सबै जिम्मेवारीबाट पदमुक्त गरेको थियो ।

गत आइतबार अमेरिकाको नागरिकता त्यागेको निस्सा पेस गरेर नेपाली नागरिकता प्रमाणपत्रलाई ब्युँताएका उनले त्यसयता गृहमन्त्री पदका लागि गरेको लविङको चौतर्फी आलोचना भइरहेको छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  १ : ५४ बजे

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन । यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण