११ बैशाख २०८१, मंगलबार | April 23, 2024

स्रष्टाको सम्मानले राष्ट्रको गरिमा बढ्छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्रष्टाको सम्मानले राष्ट्रको गरिमा र उचाइ बढ्ने बताएका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नक्सालमा आज आयोजना गरेको ‘गठबन्धन’ नामक चित्रकला तथा प्रतिकला प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, “ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित गर्न तपाईंहरूले महत्वपूर्ण भूमिका खेल्नुभएको छ । देशभित्र मात्र होइन, विश्वभरि स्थापित गर्न तपाईहरूले खेलेको भूमिका प्रशंसनीय छ ।”

प्रधानमन्त्रीले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा ललितकला प्रतिष्ठान स्थापना गर्ने जग बसालेको भन्दै आफूलाई प्रतिष्ठानप्रति खुसी र गर्वको महसुस भएको बताए ।

“चित्रकला तथा प्रतिकलाका क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएका तपाईं विशिष्ट व्यक्तित्वलाई सम्मान गर्न पाउँदा निकै खुसी छु, यसले राष्ट्रकै गरिमा र उचाइ बढाउँछ”, उउनले भने । सो अवसरमा प्रधानमन्त्रीले ललितकलाका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने स्रष्टालाई सम्मान गर्नुका साथै ललितकलासम्बन्धी सिर्जनाको अवलोकन गरेका थिए ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  १ : ५५ बजे

विस लिष्ट होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति

पर्सा । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं। नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ ।

भूकम्पबारे चेतना जगाउन बृहत् फोटो प्रदर्शनी हुँदै

काठमाडौं । विक्रम संवत् २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको