५ भदौ २०८३, शुक्रबार | August 22, 2026

सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने फैसलाको कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।

नाबालिग बलात्कारको आरोप लागेका लामिछानेलाई थुनामा राख्न माग गर्दै दायर निवेदनमा सर्वोच्चले पाटन उच्च अदालतको फैसलाको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो । न्यायाधीश हरि फुयाँलको इजलासले यस्तो आदेश दिएको हो ।

लामिछाने विरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात अब सर्वोच्चमा बुझाउनुपर्नेछ ।

आदेशमा लामिछानेलाई किन र के आधारमा छाडेको हो भन्ने विवरण सहितको प्रतिवेदन मगाउन भनिएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले नाबालिग बलात्कारका आरोपित क्रिकेटर लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा दिएको निवेदन बिहीबार दर्ता भएको थियो ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  १ : १२ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको