२० मंसिर २०८२, शनिबार | December 6, 2025

तेस्रो डिष्ट्रिक लेभल रोटरी व्याडमिन्टनको तयारी पूरा



बुटवल । रोटरी क्लब अफ बुटवल र रोटरी क्लब अफ बुटवल डाउनटाउनको संयुक्त आयोजनामा शनिबार तिलोत्तमामा तेस्रो डिष्ट्रिक लेभल रोटरी व्याडमिन्टन २०२२-२३ प्रतियोगिता हुने भएको छ । रोटरी ईन्टरनेश्नल ३२९२ नेपाल भुटान अन्तरगतका क्लबका सदस्य बीचमा भातृत्व विकास गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको रोटरी क्लब अफ बुटवलका अध्यक्ष बोनिन पियाले शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । क्लबका आफना सदस्यहरु बीचमा खेलमार्फत भाईचारा विकास गर्ने रुपमा प्रतियोगितालाई लिएको उनले बताए । विश्वमा नै ‘स्वार्थभन्दा माथि सेवा’ भन्ने मुल नारा आत्मसात गर्दै रोटरी क्लबले शिक्षा, स्वस्थ्य, खानेपानी, सरसफाई, मातृशिशु र वातावरण जस्ता मानव जीवनका आधारभुत क्षेत्रमा सामाजिक र मानविय कार्यमार्फत अभियान चलाउँदै आएको छ ।

तिलोत्तमा ब्याडमिन्टन क्लब शंकरनगरमा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको रोटरी क्लब अफ डाउनटाउनका अध्यक्ष भरत रानाले बताए । मेन्स डबल्स र भेट्रान्स गरी दुई इभेन्टमा हुने प्रतियोगिताको मेन्स डबल्सतर्फ उपाधि विजेता टिमले नगद २० हजार, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी दोस्रो र तेस्रो टिमलाई क्रमशस् नगद १५ हजार र १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

भेट्रान्सतर्फ भने उपाधि विजेता टिमलाई नगद १५ हजार, कप, मेडल, प्रमाणपत्र तथा दोस्रो र तेस्रो टिमलाई क्रमश १० हजार र ६ हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा १ सय ५६ क्लबहरुबाट ४० टिम सहभागी हुने अनुमान गरिएको छ । ४ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता ईटहरीमा पहिलो र बुटवल डाउनटाउनको आयोजनामा दोस्रो गरि दुई संस्करण सम्पन्न भएको छ । पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक टिकाराम पन्थ, क्लबका सचिव लालहरि पाण्डे, कोषाध्यक्ष जिवकान्त काफ्लेलगायतले आ(आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ५ : ५४ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय