४ चैत्र २०८२, बुधबार | March 18, 2026

खजुरालाई धार्मिक पर्यटनको केन्द्र बनाइँदै, बाँकेको खजुरामा महालक्ष्मीको ठुलो मुर्ति स्थापना गरिने



बाँके र बर्दियामा धार्मिकरुपमा प्रसिद्ध खजुराको लक्ष्मीनारायण मन्दिर परिषरमा ठुलो आकारको लक्ष्मीको मुर्ति स्थापना गरिने भएको छ । आज मन्दिर परिषरमा भएको भेलाले मुर्ति स्थापनाका लागि महायज्ञ संचालन गर्ने निर्णय गरिएको छ ।

मन्दिर परिषरमा गरिने हरेक संकल्प पूरा हुने जनविश्वास कमाएको लक्ष्मीनाराण मन्दिरलाई त्यस क्षेत्रकै धार्मिक पर्यटनको केन्द्र बनाउने गरि महायज्ञ गर्ने तयारी अगाडी बढाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताए । मन्दिर परिषरमा गरिएको संकल्पबाट खजुरामा पश्चिम नेपालकै एकमात्र क्यान्सर अस्पताल निर्माण भएको, खजुरामा महत्वकांक्षी खानेपानी योजना सफल भएको, खजुरा संरक्षण समितिको जन्म भएको प्रमाणहरु पेश गर्दै अध्यक्ष श्रेष्ठले मन्दिरमा संकल्प गरेर आँटिएका उद्योग कलकारखाना र व्यवसाय पनि सधैं सफल भएको दाबी गरे ।

महायज्ञका लागि आयोजित भेलालाई सम्बोधन गर्दै खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विकले लक्ष्मी नारायण मन्दिरलाई केन्द्रमा राखेर खजुराका अन्य धार्मिकस्थलहरुको प्याकेज बनाउन सकिने बताए । उनले खजुरा क्षेत्रमा रहेका अन्य मठ मन्दिरहरुलाई धामकारुपमा विकास गरेर धार्मिक पर्यटकलाई खजुरा भित्राउन गाँउपालिकाले योजना बनाउने प्रतिबद्धता व्यक्त गरे ।

खजुरा ३ का वडा अध्यक्ष पुर्णबहादुर भण्डारीले वडाबाट मुर्ति स्थापना गरि धार्मिक पर्यटन प्रवर्धन गर्न तत्काल एक लाखको बजेट घोषणा गर्दै थप बजेटका लागि पहल गर्ने बताए ।

कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष धनिराम ओली, बाम नेता तथा सामाजिक अभियन्ता भक्तबहादुर केसी, कांग्रेस महासमिति सदस्य लक्ष्मीनारायण शाह, कांग्रेसका पूर्व बाँके सभापति कृष्णमान श्रेष्ठ, खजुरा क्षेत्र संरक्षण समितिका अध्यक्ष प्रेम बुढाथोकीलगायतले खजुराको मन्दिरमा गरिएको संकल्प सबै पुरा भएको धारणा राखेका थिए ।

२०४३ सालमा स्थापना भएको लक्ष्मी नारायण मन्दिरमा मन्दिर परिषर भित्रै शिवालय, विश्वकर्मा र हवनकुण्ड तथा रुद्रीअभिषेकस्थल स्थापना गरिएको छ । भेलाले शिवराज श्रेष्ठको अध्यक्षतामा २५१ सदस्सीय महायज्ञ मुल समिति गठन गरेको छ ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ४ : ३७ बजे

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले