३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

रास्वपाले बोलायो आकस्मिक बैठक



काठमाडौं । गृहमन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्रीलाई दिएको २ दिनको म्याद सकिनै लाग्दा राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । शनिबार राति साढे ८ सूचना जारी गर्दै आकस्मिक बैठकका लागि बोलाइएको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।

रास्वपाले सरकार गठनका बेला भएको सहमति अनुसार गृह मन्त्रालय आफूले पाउनुपर्ने माग गर्दै गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । रास्वपाका नवनियुक्त अध्यक्ष रवि लामिछानेलाई नै गृहमन्त्री नियुक्त गर्नु पर्ने अडानका विपक्षमा प्रधानमन्त्री प्रचण्ड कायम रहेपछि रास्वपाले सरकार छाड्ने चेतावनी दिएको थियो ।

यसअघि बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले माग पूरा गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने निर्णय गरेको थियो । रविलाई नै गृहमन्त्रीमा पठाउनु पर्ने अध्यक्ष रविको अडानका विपक्षमा पार्टीका अन्य नेताहरुको अभिब्यक्ति आएपछि सो पार्टीले प्रधानमन्त्री र एमाले अध्यक्ष केपी ओलीले आग्रह गरेको भन्दै २ दिनलाई समय दिने जनाएको थियो ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ८ : २३ बजे

इरानद्वारा साउदी अरबस्थित एयरबेसमा आक्रमण, अमेरिकी वायुसेनाका ५ विमान क्षतिग्रस्त

पश्चिम एशियामा चलिरहेको इरान र अमेरिका इजरायलबीचको युद्ध झन खतरनाक

काठमाडौं महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य

समानुपातिक सांसद चयनका लागि एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता