३ पुस २०८२, बिहिबार | December 18, 2025

रास्वपाले बोलायो आकस्मिक बैठक



काठमाडौं । गृहमन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्रीलाई दिएको २ दिनको म्याद सकिनै लाग्दा राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । शनिबार राति साढे ८ सूचना जारी गर्दै आकस्मिक बैठकका लागि बोलाइएको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।

रास्वपाले सरकार गठनका बेला भएको सहमति अनुसार गृह मन्त्रालय आफूले पाउनुपर्ने माग गर्दै गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । रास्वपाका नवनियुक्त अध्यक्ष रवि लामिछानेलाई नै गृहमन्त्री नियुक्त गर्नु पर्ने अडानका विपक्षमा प्रधानमन्त्री प्रचण्ड कायम रहेपछि रास्वपाले सरकार छाड्ने चेतावनी दिएको थियो ।

यसअघि बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले माग पूरा गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने निर्णय गरेको थियो । रविलाई नै गृहमन्त्रीमा पठाउनु पर्ने अध्यक्ष रविको अडानका विपक्षमा पार्टीका अन्य नेताहरुको अभिब्यक्ति आएपछि सो पार्टीले प्रधानमन्त्री र एमाले अध्यक्ष केपी ओलीले आग्रह गरेको भन्दै २ दिनलाई समय दिने जनाएको थियो ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ८ : २३ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका