१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

१८ वर्षपछि बक्सअफिसमा भिड्दै रजनीकान्त र कमल हासन



मुम्बई । तमिल सिनेमा सन् २०२३ मा रजनीकान्तको ‘जेलर’ र कमल हासनको ‘इण्डियन २’को मेगा रिलिजको साक्षी बन्दैछ । फ्यानहरु यी दुई बहुप्रतिक्षित फिल्मको पखाईमा छन् । रोचक कुरा के छ भने दुवै तमिल मेगास्टारहरु आ-आफ्नो फिल्मलाई एकै मितिमा रिलिज गर्दैछन् ।

दुवै फिल्म नोभेम्बर १० मा रिलिज हुँदैछ । रजनीकान्त र कमल १८ वर्षपछि एकसाथ बक्स अफिसमा भिड्दैछन् । उनीहरुको फिल्म ‘चन्द्रमुखी’ र ‘मुम्बई एक्सप्रेस’ सन् २००५ मा बक्स अफिसमा प्रतिष्पर्धी थियो । ‘चन्द्रमुखी’मा रजनीकान्त र ‘मुम्बई एक्सप्रेस’मा कमलको अभिनय थियो ।

कमलको ‘इण्डियन २’ राजनीतिक एक्सन थ्रिलर फिल्म हो । यो फिल्म सन् १९९६ मा रिलिज हिट फिल्म ‘इण्डियन’को सिक्वेल हो । फिल्ममा कमलले वृद्ध भिजिलान्तेको भूमिकामा अभिनय गर्दैछन् । जसले सेनापतिको चरित्रलाई पुनर्ताजगी गर्नेछ । यो फिल्म झण्डै २६ वर्षपछि सिक्वेलका रुपमा दर्शकमाझ आएको हो । ‘इण्डियन २’मा कमलसँगै काजल अग्रवाल, रकुल प्रित सिंह, सिद्धार्थ र बोबी सिम्हा प्रमुख भूमिकामा छन् । फिल्मका निर्देशक एस शंकर हुन् ।

नेल्सन दिलिपकुमार निर्देशित ‘जेलर’ एक्सन कमेडी फिल्म हो । फिल्ममा रजनीकान्तसँगै राम्या कृष्णनन, शिव राजकुमार, थमन्ना भाटिया, योगी बाबुको अभिनय छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ७ : ५६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा