२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

रवि लामिछानेको अभिव्यक्ति प्रति पत्रकार महासंघको आपत्ति



काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पत्रकार सममेलनमा दिएको अभिव्यक्ति प्रति नेपाल पत्रकार महासंघले आफ्नो धारणा सार्वजनिक गरेको छ । महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले सञ्चार क्षेत्रप्रति दिएको अभिव्यक्ति आपत्तिजनक र अशोभनीय भएको धारणा सार्वजनिक गरेको हो ।

महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित सामग्रीप्रति चित्त नबुझे प्रचलित विधि र पद्धतिअनुसार अघि बढ्न सकिने प्रावधान हुँदा हुँदै धम्कीपूर्ण शैलीमा प्रस्तुत हुनु आपत्तिजनक र अशोभनीय भएको उल्लेख गरिएको छ ।

आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक लगत्तै पत्रकार सम्मेलन गरेर लामिछानेले सञ्चार माध्यम, तिनका सञ्चालक र पत्रकारबारे खरो टिप्पणी गरेका थिए ।

महासंघले विज्ञप्तिमा रविले आधारहीन र पूर्वाग्रही आरोप लगाएर धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै विरोध जनाएको छ । लामिछानेले नाम लिएर सार्वजनिक धम्की दिँदा सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुन सक्ने विज्ञप्तिमा लेखिएको छ । ‘लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयं लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्ने महासंघ प्रष्ट पार्न चाहन्छ’ विज्ञप्तिमा भनिएको छ ।

महासंघले आफ्नो धम्कीपूर्ण अभिव्यक्ति फिर्ता लिई सञ्चार क्षेत्रको संवैधानिक अधिकारको सम्मान गर्न पनि लामिछानेलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ९ : १८ बजे

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका-४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा

वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

बागलुङ । बडिगाड गाउँपालिका-९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन

गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम

कञ्चनपुर । वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली । मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी