८ जेष्ठ २०८३, शुक्रबार | May 22, 2026

‘पाँच वर्ष भयो, कति सास्ती खेप्ने’


२३ माघ २०७९, सोमबार  

351
Shares

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मोतिपुर निवासी रिता रिजालको घर भित्रै सडकको धुलो पस्छ । धुलोले आँखा रसाउने, छाति दुख्ने समस्या हुन्छ नै । खाने कुरामा पनि धुलो पस्दा थप पीडा बनाउने गर्छ । “घरभित्रै धुलो हुन्छ, खानामा पनि धुलो हुन्छ”, उनले भनिन्, “धुलोले नानी बाबुहरुका आँखा रसाउछनु, छाति दुख्ने समस्या हुन्छ ।”

घोराही-तुलसीपुर चारलेन निर्माण जारी रहँदा सो क्षेत्रमा धुलोले समस्या बनाएको छ । सोही ठाउँकै मुना पोख्रेललाई पनि त्यस्तै समस्याले सताउने गरेको छ । काम गर्ने क्रममा नाक मुखमा धुलो पस्ने, घर वरिपरि धुलै धुलो हुने, विहान सफा गरेको छत साँझमा धुलै धुलोले भरिने समस्या छ ।

शरिरमा धुलौधुलो, मुखमा हातले छुदा माटोनै निस्किने, माझेर राखेको भाडामा पनि माटै माटो हुने गरेको उनको दुखेसो छ । “बिहान बढार्‍यो साँझ धुलो, मुखमा हातले छोयो माटो नै निस्किन्छ”, उनले भने, “पाँच बर्ष भयो, यसरी सास्ती खेप्न थालेको । ”

सडकमा आवतजावत गर्दा यात्रुहरुलाई पनि त्यतिकै समस्या हुने गर्छ । पैदल यात्रु होस् वा सवारीमा यात्रु गर्दा पनि निकै सास्ती खेप्नु परेको छ । “धुलैधुलो हुँदा अगाडीको गाडी पनि देखिदैन । श्वासप्रश्वासको समस्या हुन्छ, नै अगाडीको गाडी नदेखिदा दुर्घटनाको जोखिम पनि उत्तिकै छ” चालक ध्रुब रावतले भने, “सवारी चलाउन पनि समस्या हुन्छ । ”

यसरी धुलोले स्वास्थ्यमा निकै असर गर्ने चिकित्सकहरुले बताउने गर्छन् । धुलोले गर्दा घाँटी, फोक्सोमा समस्या निम्त्याउने, नियमित खोकी लाग्ने, औषधी खाँदा पनि सञ्चो नहुँने अबस्था आउने डा. अशोक कुमार पण्डितले बताए ।

लामो समयदेखि अलपत्र चारलेन

घोराही-तुलसीपुर चारलेनको काम विसं २०७५ माघदेखि सुरु भएको हो । ३० महिनामा काम सक्ने गरि सम्झौता भयो । तर, अहिलेसम्म पनि त्यो काम पूरा नहुँदा यात्रुहरुलाई मात्रै नभई वरपरका बासिन्दाहरुलाई पनि समस्या हुने गरेको छ । उक्त सडकमा अहिलेसम्म ७ पेटी ठेकेदार फेरिएका छन् । चौथो पटक म्याद थप भइसकेको छ ।

विसं २०७८ जेठ ६ गते भित्र काम सक्नु पर्ने भएपनि त्यसो हुन सकेन् । काम सक्ने त टाढाको कुरा ६ प्रतिशत भन्दा बढि प्रगति हुन सकेन । त्यसपछि २०७८ साउन २७ गतेसम्म काम सक्ने गरि पहिलो पटक, २०७८ पुस २८ गते सक्ने गरि दोस्रो पटक म्याद थप भयो ।

तर, काम अघि बढ्न नसकेपछि तेस्रो पटक २०७९ बैशाख २९ गते सक्ने गरि म्याद थप भएको थियो । त्यो समयमा पनि १० प्रतिशत भन्दा बढि काम हुन सकेन् । अहिले खरिद ऐनको १२ औं संशोधनले चौथो पटककालागि विसं २०८० असारसम्म स्वतः म्याद थप गरेको छ ।

सुरुमा अष्टभैरव निर्माण सेवाका अनुप पाण्डेले ठेक्का पाए त्यसपछि सुवास श्रेष्ठ, जनक डाँगीले पेटी ठेकेदारका रुपमा जिम्मा पाए । त्यसपछि पुनः अनुप पाण्डे आए । उनले पनि गर्न नसकेपछि एकेन्द्र खड्का, विजय पाठक र रोशन श्रेष्ठले पनि प्रत्येकले पेटी ठेक्का पाए । उनीहरुबाट पनि काम हुन नसकेपछि अहिले सुनिलजंग रायमाझी आएका हुन् ।

पटकपटक म्याद थप हुने तर, काम नसिकदा नागरिक स्तरबाट पनि विरोध हुने गरेको छ । केही दिन अघि मात्रै सामाजिक अभियन्ताहरुको पहलमा चारलेनमा परेका खाल्डाखुल्डी पुर्ने काम भएको थियो ।

चारलेन सडक भ्याटसहित एक करोड २१ लाख ८२ हजार ३०१ रुपैँया अमेरिकी डलर ९ नेपालीमा एक अर्ब २३ करोडमा निर्माण हुन लागेको हो । भारतीय तथ्य इन्जिनियरिङले ठेक्का लिएको हो । तर, उसले बिभिन्न पेटी ठेकेदारलाई जिम्मा दिने तर, समयमा काम नगर्ने अबस्था हुँदा नागरिकले निकै सास्ती खेप्नु परेको छ ।

पछिल्लो समय पुस १८ देखि बुटवलका सुनलिजंग राइमाझीले पेटी ठेक्का पाएका छन् । तर, उनले पनि काम अगाडी बढाउन सकेका छैनन् । तोकिएको समयमा ठेक्काको ३० प्रतिशत काम नसकेकाले अहिले ठेकेदार कम्पनीलाई दैनिक करिब तीन लाख २१ हजार ९ सय रुपैँया जरिवाना गर्ने गरेको छ । कूल रकमको १० प्रतिशतसम्म जरिवाना हुने व्यबस्था अनुसार ठेकेदार कम्पनीलाई जरिवाना गरिएको हो । यसको मुख्य ठेकेदार भारतीय तथ्य इञ्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट रहेको छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ८ : १२ बजे

कांग्रेस सरकारसँग मिलेर काम गर्न चाहन्छ : गगन थापा

सुनसरी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारसँग कांग्रेस

आइतबारभित्र अनुसन्धान नसके दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म,

अमेरिकामाथि नेपालको लगातार दोस्रो शानदार जित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अमेरिकामाथि लगातार दोस्रो

प्रथम खजुरा गोल्डकपबाट ३ लाख बढी रकम बचत, गाँउभेला गरेर हिसाव सार्वजनिक

खजुरा । न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजना तथा खजुरा गाँउपालिकाको

कास्की अदालतबाट रवि विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ताको अनुमति

काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति