१६ असार २०८३, मंगलबार | June 30, 2026

अक्सफोर्ड मा.वि. बुटवलमा खेल सप्ताह सुरु



बुटवल । बुटवल सुख्खानगरस्थित अक्सफोर्ड मा.वि.ले कक्षा ११ र १२ तर्फ आज सोमबार खेलकुद सप्ताहको उद्घाटन गरेको छ ।

विद्यालयका प्राचार्य दिनेश भुसालको अध्यक्षता र पूर्व विद्यार्थी, अभिभावक तथा जिल्ला खेलकुद समिति अध्यक्ष हरि क्षेत्रीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको छ ।

सिद्देश्वरी खेल मैदानमा आयोजित उक्त कार्यक्रमलाई विद्यालयका प्राचार्य दिनेश भुसाल, प्राध्यापक सुमन भुसाल तथा प्रमुख अतिथि हरि क्षेत्रीले संयुक्त रुपमा भलिबल समूहलाई भलिबल हस्तान्तरण गर्दै खेल सप्ताहको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि हरि क्षेत्रीले विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि विद्यालयले आयोजना गरेको उक्त कार्यक्रम निकै महत्त्वपूर्ण रहेको बताए । साथै उनले निकट भविष्यमा हुन गइरहेका जिल्ला र प्रदेशस्तरीय विभिन्न खेलकुद कार्यक्रमसम्बन्धी जानकारी दिएका थिए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै विद्यालयका प्राचार्य दिनेश भुसालले शैक्षिक क्रियाकलापमा अब्बल रहेको अक्सफोर्डले विद्यार्थीको चौतर्फी विकासका लागि खेलकुद कार्यक्रमलाई पनि उच्च महत्त्व दिएको बताए । साथै उनले अक्सफोर्डले राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्न सफल भएको उदाहरण दिए । उद्घाटन कार्यक्रममा आज अर्थात् पहिलो दिन छात्रातर्फ भलिबल, छात्र र छात्रातर्फका ४०० मिटर र १०० मिटरका दौडहरु सम्पन्न भएका छन् भने फुटबल छात्रतर्फ क्वार्टर फाइनल खेलका समीकरणहरु पूरा भएका छन् ।

प्राध्यापक सञ्जय मरासिनीको संयोजकत्वमा भएको छात्रा भलिबलतर्फ आशिका लामिछानेको समूह प्रथम र दिया तामाङको समूह द्वितीय भएका छन् । यसैगरी प्राध्यापक विष्णु बस्यालको संयोजकत्वमा सञ्चालन भएको ४०० मिटरको दौडमा छात्रतर्फ आकाश राना प्रथम, कपिल चिडी द्वितीय र सागर राना तृतीय भएका छन् भने छात्रातर्फ फिवी राना प्रथम, कविता चौधरी द्वितीय र निशा ठकुरी तृतीय भएका छन् ।

यसैगरी १०० मिटरका दौडमा छात्रतर्फ आकाश राना प्रथम,विवश रसाइली द्वितीय र सरिन घर्ती तृतीय भएका छन् भने छात्रातर्फ फिवी राना प्रथम, कविता चौधरी द्वितीय र सुजिता भट्टराई आश्था रजाली तृतीय भएका छन् ।

यसैगरी भोलि मङ्गलबार सटपुट, छात्रतर्फ भलिबल, छात्रा ब्याडमिन्टन र छात्र बास्केटबल, छात्र फुटबलका सेमीफाइनल र फाइनल खेलहरु सञ्चालन हुने कुरा शिक्षक लक्ष्मण घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  २ : ०५ बजे

अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा रुपन्देहीमा सम्पन्न

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, चालकसहित २२ जना घाइते

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लोे २४ घण्टामा सडक अनुशासन पालना

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा