२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

लुम्बिनी गुरुयोजना पहिलो प्राथमिकतामा : पर्यटनमन्त्री किराती



भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् ।  मन्त्री भएपश्चात पहिलो पटक विमानस्थल आएका मन्त्री किरातीले अन्तर्राष्ट्रिय उडानहरु लुम्बिनीमा ल्याउनका निम्ति सरकारको तर्फबाट कुटनितिक पहल माथिल्लो तहबाट पनि भइरहेको बताए ।

‘उच्चस्तरीय वायुसेवा निगमका टोलीहरु पनि कोलम्बोतर्फ यसैका लागि जादै छन्, पराराष्ट्र मन्त्रीहरुको तर्फबाट पनि कयौ देशमा उडानको कुरा सुरु गरेका छौँ, राष्ट्रिय ध्वाजाबाहक विमान यहाँ ल्याउने सन्दर्भमा किन आउन खोजेको छैन भनेर बुझने छौँ,’ मन्त्री किरातीले भने, ‘के कारणले नेपाल एयरलाइन्सले यहाँबाट उडान गरेन, त्यो बुझ्छु र आवश्यक काम अगाडि बढाउनेछु ।’

उनले प्रधानमन्त्रीको तहबाट अब हुने भारत भ्रमणमा एजेण्डाको रुपमा आइएलएस सञ्चालन र एयर रुटको विषय पर्ने जानकारी दिए ।

‘विमानस्थल सञ्चालन र सम्बन्धित् निकाय र शाखाहरु यहाँ आउनु एक अर्काको अन्तरसम्बन्सँग जोडिएकोले दुबैलाई एकैसाथ अगाडि बढाउन मन्त्रालयले पहल गर्नेछ,’ उनले भने, ‘श्रीलंकाबाट भैरहवा उडानका लागि परराष्ट्र मन्त्रीको भ्रमणमा पनि कुरा भएको छ । मन्त्रालयका तर्फबाट हल हुने प्राविधिक समस्या तत्काल सम्बोधन हुनेछ ।’

मन्त्री किरातीले लुम्बिनी गुरुयोजनाभन्दा बाहिर कसैले जाने साहस नगर्न अनुरोध गरे । ‘सबैभन्दा पहिला यो गुरुयोजना सम्पन्न गर्नुपरेको छ । तोकिएको समयभन्दा २८ वर्ष किन लम्बियो भन्ने मेरो नै प्रश्न हो,’ उनले भने । लुम्बिनी गुरुयोजना पहिलो प्राथमकिता भएको उनको भनाइ छ ।

विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले रुटका कारणले भारतीय आकाश प्रयोग गर्न नपाउँदा समस्या देखिएको, भारतीय नागरिकलाई नोअब्जेक्सन लेटर दिने व्यवस्था नभएको, मौसमको खराबीमा प्रयोगहुने रेडियो नेभिगेसन प्रणाली (ईन्स्ट्रमेन्ट ल्यान्डिङ सिस्टम– आईएलएस) उपकरण उपयोग नहुँदा अन्तर्राष्ट्रिय उडान रोकिएकोमा ध्यानाकर्षण गराउँदै सञ्चालनका लागि पहल गर्न अनुरोध गरे ।

गौतमबुद्ध विमानस्थलबाट जजिरा र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरे पनि पछिल्लो केही समय रोकिएको छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  २ : २९ बजे

वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

बागलुङ । बडिगाड गाउँपालिका-९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन

गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम

कञ्चनपुर । वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली । मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी

अमेरिकी हेलिकोप्टर खसालेको आरोपपछि इरानमाथि अमेरिकी आक्रमण

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले स्ट्रेट अफ होर्मुज