२३ असार २०८३, मंगलबार | July 7, 2026

टर्की भुकम्प अपडेट : ८ नेपाली सम्पर्कमा, ३ जना सम्पर्क बाहिर



टर्की । टर्कीमा गएको भूकम्पको ‘इपिसेन्टर’बाट ८ जना नेपाली सम्पर्कमा आएका छन्।

भूकम्प गएको गाजियान्टेपबाट अहिलेसम्म ८ नेपाली सम्पर्कमा आएको र उनीहरू सबैजना सुरक्षित रहेको गैरआवासीय नेपाली संघ ९एनआरएनए० टर्कीले जनाएको छ।

‘अहिलेसम्म गाजियन्टेपबाट ३ जना नेपाली महिला र ५ जना विद्यार्थी हाम्रो सम्पर्कमा आउनु भएको छ’, एनआरएनए टर्कीका महासचिव बिनोद पौडेलले भने, ‘उहाँहरु सबै सकुशल र सुरक्षित हुनुहुन्छ। हामी निरन्तर सम्पर्कमा छौँ’ विद्यार्थीमध्ये एक छात्र हुन्। त्यो ठाउँबाट थप नेपाली भने सम्पर्कमा नआएको उनले बताए।

एनआरएनएको सम्पर्कमा आएका ती ८ जना नेपाली अहिले स्थानीय सरकारले व्यवस्था गरेको सेल्टरमा छन्। ‘अघि बिहान पनि मसँग कुरा भएको थियो। उहाँहरु पूर्ण रुपमा सुरिक्षत हुनुहुन्छ,’ उनले भने। सेल्टरमा रहेकाहरुलाई खाना लगायत सबै आवश्यक व्यवस्था सरकारले नै गरेको छ। टर्कीमा विपद तथा जोखिम व्यवस्थापनका लागि आपत्तकालीन राहत उद्धार समिति छ। उक्त समितिले राहत र उद्धारको काम गरिरहेको छ। रेडक्रसलगायतका परोपकारी संस्थाहरुले पनि राहत र उद्धारमा समन्वय गरिरहेका छन्।

महासचिव पौडेलका अनुसार भूकम्प प्रभावित क्षेत्रमा अरू क्षेत्रका उद्धारकर्मी पनि पुगेका छन्।

‘यहाँ प्रत्येक नगरपालिकमा पनि ‘रेस्क्यू टीम’ बनाइएको हुन्छ। भूकम्पले क्षत्ति पुर्‍याइएको ठाउँहरूमा अन्य नगरपालिकाले आफ्नो टीम परिचालन गरेर उद्धार र राहत वितरणको काम गरिरहेको छ। अन्य नगरपालिकाहरुले लत्ता–कपडा, खानाहरू पठाएको छ,’ उनले भने।

टर्कीमा अहिले झण्डै २ हजारभन्दा धेरै नेपाली रहेको एनआरएनएको अनुमान छ। इस्तानबुल, अकांरा, इज्मिर, अन्टालिया, बोर्डुमलगायतका शहरमा नेपालीहरु बढी छन्। भूकम्पले इपिसेन्टर बनाएको गाजियन्टेपमा भने नेपालीको संख्या न्यून छ। कोभिड महामारीअघि टर्कीमा नेपालीको संख्या ४ हजारभन्दा बढी थियो। तर, महामारीका कारण श्रम बजार बिग्रिएपछि टर्कीमा नेपालीको संख्या आधा घटेको महासचिव पौडेलको भनाइ छ। कोभिडले रोजगारी गुमाएपछि कतिपय नेपाली स्वदेश फर्किएका थिए भने केही त्यतैबाट युरोपतिर हानिएका थिए।

भूकम्पबाट कोही नेपाली समस्या परेको भएमा आफूहरुको सम्पर्कमा आउने एनआरएनए टर्कीले सामाजिक सञ्जालमार्फत अनुरोध गरेको छ। ‘सामाजिक सञ्जालमार्फत समन्वय गरिरहेका छौँ। अहिलेसम्म नेपालीलाई त्यस्तो दुस्खद घटना भएको भन्ने जानकारी आएको छैन। अन्य सहरमा रहेका नेपालीसँग पनि हामीले सम्पर्कका लागि प्रयास गरिरहेका छौँ,’ उनले भने। भूकम्पबाट पीडत नेपालीलाई एनआरएनएले उद्धार गर्ने महासचिव पौडेलको भनाइ छ।

‘केन्द्रीय समितिसँग समन्वय गरिरहेका छौँ। हामी तयारी अवस्थामा छौं,’ उनले भने। अहिले टर्कीका धेरै सहर अस्तव्यस्त छन्। ‘यहाँ अहिले सबै कुरा अस्तव्यस्त छ। गाडीहरु चल्न गाह्रो छ। सरकारले पनि जहाँ हो त्यहीँ सुरक्षित रहन आग्रह गरेको छ। हामीले पनि नेपालीलाई त्यही भनेका छौँ,’ पौडेलको भनाइ छ।

सोमबार गएको भूकम्पमा परी अहिलेसम्म ५ हजारभन्दा बढीले ज्यान गुमाइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

 

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  १ : ११ बजे

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज

गर्मी छल्न गाईखुरे झरनामा पर्यटकको भीड

लमजुङ । गर्मी छल्न र प्राकृतिक सौन्दर्यमा रमाउन चाहने आन्तरिक

प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष

चितवन । चितवनमा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री

एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने

काठमाडौं । नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा रहेको