४ चैत्र २०८२, बुधबार | March 18, 2026

खजुरालाई धार्मिक पर्यटनको ‘हव’ बनाउन महायज्ञ गरिँदै



नेपालगन्ज । बाँकेको खजुरालाई धार्मिक पर्यटकिय स्थलकारुपमा विकास गर्न सप्ताह व्यापी रुपमा महायज्ञ हुने भएको छ । खजुरा बजारमा रहेको लक्ष्मी नारायण मन्दिरमा यही फागुनको अन्तिम सातादेखि सप्ताह व्यापी रुपमा महायज्ञ संचालन हुने भएको हो ।

बुधवार खजुरामा पत्रकार सम्मेलन गरि मन्दिरको व्यवस्थापन समितिले आयोजना गर्न लागेको महायज्ञ साता व्यापी चल्ने जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा बोल्दै महायज्ञ मुल समितिका संयोजक शिवराज श्रेष्ठले खजुराको ऐतिहासिक धार्मिक इतिहासलाई उजागर गर्न र खजुरालाई धार्मिक पर्यटकहरुको हव बनाउन महायज्ञ गर्न थालिएको बताए । महायज्ञबाट आर्जन हुने आयबाट खजुरामा भ्यु् टावर सहितको महालक्ष्मीको मुर्ति स्थापना गरि खजुरालाई धार्मिक पर्यटकिय स्थल बनाउने उद्देश्य रहेको संयोजक श्रेष्ठले बताए ।

लक्ष्मी नारायण मन्दिर सहित खजुरा क्षेत्रमा रहेक धार्मिक पर्यटकिय स्थलको एकिकृत प्रचार गरि खजुरा क्षेत्रलाई धार्मिक धामकारुपमा विकास गर्ने गरि तयारी थालिएको उनले बताए । बर्दियाको केदारेश्वर धाम, दाङको शिव लिङ्ग, बाँकेको सन्तानेश्वर जस्ता पर्यटकिय क्षेत्रलाई छोटो समयमा चर्चामा ल्याउन सफल भएको उल्लेख गर्दै खजुरालाई पनि चिनाउन यस क्षेत्र कै पर्यटकिय नगरी बनाउन पहल थालिएको श्रेष्ठले बताए ।

भ्यु टावरबाट खजुरा क्षेत्रको रमणिय दृश्य हेर्न सकिने तथा टाढैबाट लक्ष्मी नारायणको मुर्ति देखिन सक्ने गरि ठुलो आकारको मुर्ती स्थापना गरिने लक्ष्यका साथ महायज्ञ गर्न लागिएको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा सञ्चारकर्मी शरण कर्माचार्यले खजुरा आर्थिक, समाजिक, राजनीतिक र सांस्कृतिकरुपमा समृद्ध रहेको बताए । उनले १०० वर्ष भन्दा पुरानो मैटहवा, सन्तकुटी, हनुमान ताल जस्ता धार्मिक स्थलहरु भएको खजुरालाई धार्मिक पर्यटनको हव बनाउने थुप्रै सम्भावनाहरु रहेको बताए । खजुरामा रहेको लक्ष्मिनारायण मन्दिरमा गरिएको हरेक संकल्प पुरा भएको दाबी गर्दै उनले क्यान्सर अस्पताल, ज्ञानोदय नमुना माबी, खानेपानी जस्ता योजनाहरु मन्दिर परिषरमै गरिएका संकल्प भएको जानकारी दिए ।

महायज्ञ संचालन गर्न आयोजक कमिटिले विभिन्न खाले उप समिति गठन गर्ने क्रममा आजै युवा पत्रकार पत्रकार खगेन्द्र दाहालको संयोजत्वमा प्रचारप्रसार समिती गठन गरिएको छ । प्रचारप्रसार समितिमा खजुरा क्षेत्रमा क्रियाशिल पत्रकारहरु सहित लक्ष्मण ढुङगाना, भगतराम थारु, जावेद हल्वाई, लक्ष्मी तिमिल्सेना सदस्य रहेका छन् । छिट्टै समिति विस्तार गरि प्रचारप्रसारलाई तिब्र पारिने संयोजक दाहालले बताए ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ९ : ४७ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन