२३ असार २०८३, मंगलबार | July 7, 2026

बाँकेको बालसुधार गृहमा तनाव, आश्रितहरुले सुधारगृहमा आगजनी र तोडफोड



नेपालगन्ज । बाँकेको बालसुधार गृहमा तोडफोड र आगजनी गरिएको छ । कानुनी विवादमा परेर सुधारगृहभित्र राखिएकाहरुले आफै बस्ने स्थानमा आगजनी र तोडफोड गरिरहेको बाँके प्रहरीले जनाएको छ ।

सुधारगृहमा रहेका केहीलाई काठमाडौं स्थानान्तरण गर्न थालेको भन्दै उनीहरुले तोडफोड र आगजनी गरेका हुन् । बाल सुधार गृहमा हतियार सहित प्रवेश गर्न कठिनाइ भएकाले अवस्था नियन्त्रणमा आउन नसकेको बाँके प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले बताए ।

प्रहरीले नेपालगन्जबाट दमकल मगाएर आगो नियन्त्रणमा लिने प्रयास गरेपनि नियन्त्रणमा लिए लगत्तै आफै सुत्ने सिरक डसनामा आगजनी गर्ने कार्य जारी राखेको प्रहरीले जनाएको छ । आज तोडफोड भएको ब्लकमा कानुनी विवादमा परेका करिब ७० जना आश्रित छन् । सुधारगृहको ३ वटा भवन मध्य पुरानो भवनमा आगजनी र तोडफोड भएको हो ।

सुधार गृहमा कुल २ सय २३ जना आश्रित रहेका छन् । उनीहरुबीच पछिल्लो एक महिनामा ४ पटक ग्यांग फाईट भएपछि केहीलाई काठमाडौं स्थानान्तरण गर्ने तयारी गरिएको थियो ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  १० : ३२ बजे

सात प्रतिशत आर्थिक वृद्धिलाई भरथेग गर्ने लक्ष्यसहितको मौद्रिक नीति सार्वजनिक

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलालीमा भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

काठमाडौं । सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित

ठमेलमा बढे भारतीय पर्यटक, पोखराका होटलसमेत भरिभराउ

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय

बुटवलबाट काठमाडौंतर्फ जादैं गरेको ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते

नवलपरासी । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-४ तारेभिरस्थित पूर्व-पश्चिम राजमार्गमा ईभी