२० बैशाख २०८१, बिहिबार | May 2, 2024

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए सपथ



बुटवल । लुम्बिनी प्रदेश सरकारका ७ जना नवनियुक्त मन्त्रीहरुले आइतबार पद तथा गोपनियताको सपथ लिएका छन् ।

दाङको राजधानी देउखुरीमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार नियुक्त भएका मन्त्रीलाई सपथ खुवाएका हुन । यो संगै लुम्बिनी सरकार को मन्त्री परिषदले पुणता पाएको हो । पुनर्गठित मन्त्रिपरिषदमा नेकपा एमालेबाट ३ जना, नेकपा माओवादी केन्द्रबाट २ जना तथा राप्रपा र जनमत पार्टीबाट एक-एक जना नियुक्त भएका थिए ।

समारोहमा आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भैतिक पुर्वाधार विकास मन्त्री इन्द्रजित थारु, स्वास्थ्य मन्त्री विष्णु पन्थी, वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग,पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकी प्रसाद यादव, कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मा र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले सपथ लिएका हुन् ।
प्रदेश सभा भवन परिसरमा हुने भनिएको कार्यक्रम हावा हुरीले मन्च भत्काइदिएपछि ढिलाइ भएको थियो । यसअघि मुख्यमन्त्री लिला गिरीसंगै एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केसीले पुस २७ गते नै सपथ लिएका थिए । आचार्यले खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालय र केसीले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नव नियुक्त मन्त्रीहरुमा महरा र इन्द्रजित माओवादी केन्द्रका हुन् भने पन्थी, दुर्गाप्रसाद र शर्मा एमालेका हुन् । यस्तै मन्त्री यादव राप्रपाका र गुप्ता जनमत पार्टीका हुन् ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ४ : ११ बजे

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई