३० भदौ २०८३, मंगलबार | September 15, 2026

देवदह बोर्डिङले रजत महोत्सव मनाउदैं



बुटवल । रुपन्देहीको देवदह नगरपालिका-७ स्थित देवदह बोर्डिङ हाइ स्कूलले साताव्यापी रुपमा आफ्नो रजत महोत्सव मनाउने भएको छ ।

स्थापनाको २७ वर्ष पूरा भएको अवसरमा वार्षिकोत्सवसहित रजत महोत्सव मनाउन लागिएको विद्यालयले जनाएको हो ।

फागुन ६ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने महोत्सवमा सरसफाई तथा डस्विन बितरण, देवदह नगरस्तरीय मावि छात्र भलिबल, अभिभावक खेलकूद प्रतियोगिता तथा स्वास्थ्य शिविर लगायतका कार्यक्रम गरिने प्राचार्य विष्णु प्राद पौडेलले जानकारी दिए । छात्र भलिबल तर्फ विजेता समूहले ५ हजार नगद राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने द्वितीय र तृतीयले क्रमशः ३ हजार र २ हजार नगद राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरि विधागत तर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडी, वेस्ट सेटर, वेस्ट स्पाइकर, वेस्ट सर्भर, वेस्ट डिफेन्टर, अनुशासित खेलाडी र वेस्ट कोचलाई सम्मान गरिने सहप्राचार्य निश्चल गौतमले जानकारी दिए ।

वि.स. २०५३ सालमा स्थापना भएको यस विद्यालयले निकट भविष्यमै कक्षा ११ र १२ सञ्चालन गर्ने तयारीमा रहेको उनले बताए । विश्वव्यापी कोरोना महामारीका कारण रजत वर्ष मनाउन नपाएको विद्यालयले यो वर्ष रजत स्मारिका प्रकाशनसहित दिवस मनाउन लागेको हो ।

महोत्सवबारे जानकारी गराउन आइतबार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्राचार्य पौडेलले विद्यालयबाट हालसम्म एक हजार ८० विद्यार्थीले एसएलसी तथा एसईई उत्तीर्ण गर्न सफल भएको बताए । हाल करिब एक हजार विद्यार्थी रहेको विद्यालयले वार्षिकोत्सवका अवसरमा सम्पर्कमा रहेका ५ सय बढी पूर्व विद्यार्थीहरुलाई पुनः मिलनका लागि निमन्त्रणा गरिएको बताएको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ६ : १४ बजे

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

घरजग्गाको कारोबारमा बढोत्तरी : गत आवमा सात खर्ब २० अर्बको कारोबार

काठमाडौँ । गत आर्थिक वर्षमा रु सात खर्ब २० अर्ब

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी