३० भदौ २०८३, मंगलबार | September 15, 2026

देवदह बोर्डिङमा पुरस्कार वितरण तथा विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न

शुक्रबार मुल समारोहसाथ रजत महोत्सव मनाउँदै



बुटवल । रुपन्देहीको देवदहमा स्थापित देवदह इङलिस बोर्डिङ स्कुलले आफ्नो स्थपनाको २९ वर्ष अर्थात रजत महोत्सवको अवसरमा बिहीबार पुरस्कार वितरण तथा विद्यार्थी प्रतिभा प्रदर्शन कार्यक्रम गरेको छ ।

विभिन्न सप्ताहब्यापि कार्यक्रम गरेर रजत महोत्सव मनाउँदै गरेको विद्यालयले बिहीबार शैक्षिक, खेलकुद तथा अतिरिक्त कृयाकलापका विद्यार्थी पुरस्कार वितरण, अभिभावक सम्मान तथा विद्यार्थीहरुको प्रतिभा प्रदर्शन कार्यक्रम गरेको हो ।

शुक्रबार भब्य रुपमा रजत महोत्सव मनाउन लागेको देवदह बोर्डिङले गएको सातादेखि विभिन्न सामाजिक, रचनात्मक तथा सामाजिक उत्तरदायित्व बहन गर्ने खालका कार्यक्रमहरु गर्दै आएको छ । बिहीबार पुरस्कार वितरण तथा विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रमको उद्घाटन गर्दै देवदह नगरपालिकाका प्रमुख धुर्वप्रसाद खरेलले संस्थागत विद्यालयले स्थानीयसँगै राष्ट्रिय स्तरमा ठुलो जनशक्ति उत्पादनमा महत्वपुर्ण भुमिका खेलेको बताए ।

उनले स्थानीय तहबाटै सामुदायिक र संस्थागत विद्यालयहरुलाई सँगसँगै लैजाने प्रकारका कार्यक्रम गर्न योजनामा नगरपालिका रहेको समेत बताए । उनले संस्थागत विद्यालयले रजत महोत्सव मनाई रहदा हजारौ विद्यार्थी दीक्षित बनाउन ठुलो योगदान देवदह बोर्डिङ्गको पनि रहेको भन्दै प्रसंशा गरे । विद्यालयका बरिष्ट सहायक प्राचार्य मनबहादुर क्षेत्रीको संचालनमा भएको कार्यक्रममा स्वर्णिम सगरमाथा कलेज ब्यवस्थापन समितिका अध्यक्ष ऋषि साफकोटा, देवदह आदर्श क्याम्पस प्रमुख मित्रलाल न्यौपाने, विदालय ब्यवस्थापन समिति नर बहादुर गुरुङ, यज्ञप्रसाद तिवारी, नागरिक समाजका रमेश पोखरेल, अभिभावक कमल थापा, माधव आचार्य लगायतले आआफ्ना भनाई राखेका थिए ।

एसईईमा ३ दशमलव ६५ भन्दामाथी भन्दाबढी ल्याउने विद्यार्थीलाई बिहीबार सम्मान गरिएको तथा ४ जिपिए ल्याउने विद्यार्थीलाई शुक्रबार हुने रजत महोत्सवमो मुल समारोहमा सम्मान गरिने कार्यक्रम रहेको विद्यालयका संस्थापक प्राचार्य विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

शुक्रबार हुने मुल समारोहको सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सिके) ले उद्घाटन गर्ने कार्यक्रम रहेको र मुल समारोहमा सांसद आशिसकुमार चौधरी, जानकी न्यौपाने, निर्मला चौधरी लगायतको आतिथ्यतामा रहने विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ७ : ०१ बजे

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

घरजग्गाको कारोबारमा बढोत्तरी : गत आवमा सात खर्ब २० अर्बको कारोबार

काठमाडौँ । गत आर्थिक वर्षमा रु सात खर्ब २० अर्ब

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी