२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

देवदह बोर्डिङ रजत महोत्सव : नगर स्तरीय अन्तर मावि भलिबल प्रतियोगिताको उपाधी एशियनलाईटलाई



देवदह । रुपन्देहीको देवदहमा संचालित देवदह नगरस्तरीय माध्यमिक विद्यालय तह छात्र भलिबलको उपाधि एशियनलाईट बोर्डिङ स्कुलले जितेको छ ।

देवदह ईङलिस बोर्डिङ स्कुलले आफनो स्थापनाको २७ औं बार्षिकोत्सव तथा रजत वर्ष महोत्सवको अवसरमा आयोजित भलिबल प्रतियोगिताको उपाधि एशियनलाईटले हात पारेको हो ।

फाईनल खेलमा एशियनलाईट बोडिङ्ग स्कुलले देवदह मदरटङ्गस एकेडेमीलाई ३-१, को सेटमा पराजित गर्दै उपाधि कब्जा गर्यो । उपाधिसँगै एशियनलाईटले ५ हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात पारेको हो ।

प्रतियोगिता द्वितीय बनेको देवदह मदरटङ्गस एकेडेमीले ३ हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात पार्यो । उसले कोलिय बोर्डिङलाई हराएर फाईनलमा प्रवेश गरेको हो । यस्तै प्रतियोगिता कोलिय बोडिङ्ग स्कुल तृतिय बनेको छ ।

आयोजक देवदह बोडिङ्ग स्कुललाई २५-८, १५-५ मा हराउदै तृतीय बनेको हो । उसले नगद २ हजार सहित शिल्ड तथा प्रमाण पत्र प्रास्त गरेको खेल संयोजक अर्पण पौडेलले जानकारी दिए । देवदह ईङ्गलिस बोडिङ्ग स्कुलले २७ औं बार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम गरेको छ ।

यसैबीच रजत महोत्सवकै अवसरमा विद्यालयले बुधबार अभिभावक खेलकुद तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको सहप्राचार्य मनबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार अभिभावक कुर्चि रेशमा पुजा न्यौपाने प्रथम, मिना खरेल द्वितीय र इन्दु गुरुङ तृतीय भए ।

यस्तै हन्डी फोरमा कुमार थापा मगर प्रथम, चन्द्र अधै द्वितीय र नुमाकान्त सापकोटा तृतीय बन्नुभयो भने धागो र सुई दौडमा राधिका भण्डारी प्रथम, सुस्मीता न्यौपाने द्वितीय र उमा अधिकारी तृतिय भएको सहप्राचार्य क्षेत्रीले जानकारी दिए ।

यस्तै बुधबार नै भएको निःशुल्क स्वास्थ्य शिविरमा २२९ जनाले मधुमेहको परिक्षण गरेको र ९२ जनाले दन्त परीक्षण गराएको विद्यालयले जनाएको छ ।

सप्ताहव्यापि कार्यक्रम अन्तरगत फागुन ६ गते सरसफाई तथा डस्टविन वितरण कार्यक्रम, ७ गते पुर्व विद्यार्थी तथा शिक्षक पुर्नमिलन कार्यक्रम, ८ गतेदेखि देवदह स्तरिय मावि तह छात्र भलिबल प्रतियोगिता, १० गते अभिभावक खेलकुद प्रतियोगिता तथा स्वास्थ्य शिविर, ११ गते पुरस्कार वितरण तथा सांस्कृति कार्यक्रम र १२ गते मूल समारोहको आयोजना गरिएको संस्थापक प्राचार्य विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

शुक्रबार हुने मुल समारोहको सामाजिक मन्त्री चन्द्रकेश गुप्ता (सिके) ले उद्घाटन गर्नु हुने कार्यक्रम रहेको र मुल समारोहमा सांसद आशिसकुमार चौधरी, जानकी न्यौपाने, निर्मला चौधरी लगायतको आतिथ्यतामा कार्यक्रम हुने पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ७ : ०१ बजे

मतदान सफलतापूर्वक सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य

निःस्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निःस्वास्र्थ र निष्ठा राखेर काम

बाँकेमा २ लाख २२ हजार ३६६ जनाले गरे मतदान, पुरुष भन्दा महिलाले गरे बढी मतदान

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा बाँके जिल्लामा ६३

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व । रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको

रुपन्देहीमा ६५ प्रतिशतभन्दा बढी मतदान, आजै रातीदेखि मतगणना सुरु हुने

बुटवल । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुपन्देही जिल्लामा बिहीबार सम्पन्न मतदानमा प्रारम्भिक