१ जेष्ठ २०८१, मंगलबार | May 15, 2024

देवदह बोर्डिङ रजत महोत्सव : नगर स्तरीय अन्तर मावि भलिबल प्रतियोगिताको उपाधी एशियनलाईटलाई



देवदह । रुपन्देहीको देवदहमा संचालित देवदह नगरस्तरीय माध्यमिक विद्यालय तह छात्र भलिबलको उपाधि एशियनलाईट बोर्डिङ स्कुलले जितेको छ ।

देवदह ईङलिस बोर्डिङ स्कुलले आफनो स्थापनाको २७ औं बार्षिकोत्सव तथा रजत वर्ष महोत्सवको अवसरमा आयोजित भलिबल प्रतियोगिताको उपाधि एशियनलाईटले हात पारेको हो ।

फाईनल खेलमा एशियनलाईट बोडिङ्ग स्कुलले देवदह मदरटङ्गस एकेडेमीलाई ३-१, को सेटमा पराजित गर्दै उपाधि कब्जा गर्यो । उपाधिसँगै एशियनलाईटले ५ हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात पारेको हो ।

प्रतियोगिता द्वितीय बनेको देवदह मदरटङ्गस एकेडेमीले ३ हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात पार्यो । उसले कोलिय बोर्डिङलाई हराएर फाईनलमा प्रवेश गरेको हो । यस्तै प्रतियोगिता कोलिय बोडिङ्ग स्कुल तृतिय बनेको छ ।

आयोजक देवदह बोडिङ्ग स्कुललाई २५-८, १५-५ मा हराउदै तृतीय बनेको हो । उसले नगद २ हजार सहित शिल्ड तथा प्रमाण पत्र प्रास्त गरेको खेल संयोजक अर्पण पौडेलले जानकारी दिए । देवदह ईङ्गलिस बोडिङ्ग स्कुलले २७ औं बार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम गरेको छ ।

यसैबीच रजत महोत्सवकै अवसरमा विद्यालयले बुधबार अभिभावक खेलकुद तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको सहप्राचार्य मनबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार अभिभावक कुर्चि रेशमा पुजा न्यौपाने प्रथम, मिना खरेल द्वितीय र इन्दु गुरुङ तृतीय भए ।

यस्तै हन्डी फोरमा कुमार थापा मगर प्रथम, चन्द्र अधै द्वितीय र नुमाकान्त सापकोटा तृतीय बन्नुभयो भने धागो र सुई दौडमा राधिका भण्डारी प्रथम, सुस्मीता न्यौपाने द्वितीय र उमा अधिकारी तृतिय भएको सहप्राचार्य क्षेत्रीले जानकारी दिए ।

यस्तै बुधबार नै भएको निःशुल्क स्वास्थ्य शिविरमा २२९ जनाले मधुमेहको परिक्षण गरेको र ९२ जनाले दन्त परीक्षण गराएको विद्यालयले जनाएको छ ।

सप्ताहव्यापि कार्यक्रम अन्तरगत फागुन ६ गते सरसफाई तथा डस्टविन वितरण कार्यक्रम, ७ गते पुर्व विद्यार्थी तथा शिक्षक पुर्नमिलन कार्यक्रम, ८ गतेदेखि देवदह स्तरिय मावि तह छात्र भलिबल प्रतियोगिता, १० गते अभिभावक खेलकुद प्रतियोगिता तथा स्वास्थ्य शिविर, ११ गते पुरस्कार वितरण तथा सांस्कृति कार्यक्रम र १२ गते मूल समारोहको आयोजना गरिएको संस्थापक प्राचार्य विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

शुक्रबार हुने मुल समारोहको सामाजिक मन्त्री चन्द्रकेश गुप्ता (सिके) ले उद्घाटन गर्नु हुने कार्यक्रम रहेको र मुल समारोहमा सांसद आशिसकुमार चौधरी, जानकी न्यौपाने, निर्मला चौधरी लगायतको आतिथ्यतामा कार्यक्रम हुने पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ७ : ०१ बजे

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठ पक्राउ

पोखरा । पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको

पूर्वराष्ट्रपति यादवद्वारा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक विमोचन

काठमाडौं । ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक आजदेखि

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका

नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउनुपर्छ : एफएनसीसीआई अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नीति

विद्यालय चिटिक्क पारेर मनाए मध्यबिन्दुको युवा संघका युवाले स्थापना दिवस

मध्यविन्दु । राष्ट्रिय युवा संघ नेपाल मध्यविन्दु नगर कमिटी नवलपरासीले