२३ बैशाख २०८१, आइतबार | May 5, 2024

भारतीय विदेशसचिव विनयमोहन क्वात्रा काठमाडौंमा



काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन् ।

परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणमा क्रममा क्वात्रा काठमाडौं आइपुगेका हुन् ।

द्विपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा भाग लिन उनी नेपाल आएका हुन् । नेपाली समकक्षी पौड्याल नेतृत्वको टोलीसँग क्वात्राले वार्ता गर्नेछन् । क्वात्राले परराष्ट्रमन्त्री विमला पौड्याल राईसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

यस्तै क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । क्वात्राले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो दिने बताइएको छ ।

 

 

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ११ : ३४ बजे

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

नेपालगन्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

नेपालगन्ज । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगन्जबाट नौ

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ३४ औं वार्षिकोत्सव सम्पन्न

बुटवल । नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय कर्मचारी युनियनले ३४ औं