४ जेष्ठ २०८१, शुक्रबार | May 18, 2024

पहिलो लुम्बिनी प्रदेशसभाकी चर्चित सांसद विमला वलीले जनयुद्ध दिवसकै दिन माओवादी त्यागिन्

भन्छिन् - मलाई ‘युज एण्ड थ्रो’ गरियो



दाङ । लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री (वली)ले पार्टीले आफूलाई ‘युज एण्ड थ्रो’ गरेको भन्दै नेकपा माओवादी पाटी परित्याग गरेकी छन् ।

गत २४ माघमा जिल्ला समन्वय दाङ कमिटी अध्यक्षलाई सम्बोधन गर्दै बुझाएको राजीनामापत्रमा उनले आफूलाई पार्टीले ‘युज एण्ड थ्रो’ गरेको अनुभूति भएको उल्लेख गरेकी छन् । उनले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएकी हुन् ।

साविक नेकपबाट एमाले र माओवादी केन्द्र पुनः आ–आफ्नै अस्तित्वमा फर्किंदा आफू माओवादीमै रहेको र आफ्नो सापटी पैसा लिन जाँदाको विषयलाई लिएर मन्त्रीबाट राजीनामा दिन लगाइएको प्रसङ्ग उल्लेख गर्दै उनले पछि पार्टीले वास्ता नगरेको र ‘युज एण्ड थ्रो’ गरेको बताएकी हुन् ।

दुई पार्टी विभाजन हुँदा आफुले मुटुमा ढुंगा राखेर पनि माओवादी केन्द्रलाई सहयोग गरेको उनले राजीनामा पत्रमा उल्लेख गरेकी छन् । । श्रीमानको योग्दान एमालेमा हुँदा हुँदै पनि आफु माओवादी केन्द्रमा आउनु सानो प्रयत्न नभएको उनको दाबी छ । माओवादीबाट आफुसँग राजनीतिक चेतना नभएको भन्ने कोणबाट विश्लेषण हुने गरेको समेत उनले आरोप लगाएकी छन् । उनले माओवादी केन्द्रले आफ्नो प्रयत्न र कुरालाई सामान्यकरण गरेको उनले उल्लेख गरेकी छन् ।

‘म माओवादी प्रवेशलाई संघर्षका रूपमा बुझँ र पार्टीले पनि मेरो योग्दानको कदर गर्दै प्रदेशको स्वास्थ्य राज्यमन्त्री बनायो । यो बीचमा केही उत्तारचढाप आउँदा मलाई पार्टीले सहयोग नगरेको अनुभूति मलाई भयो । ठूला–ठूला अपराधहरूलाई त पार्टीले संरक्षण गरेका इतिहास हामीसामू छन्,’ उनले राजीनामापत्रमा उल्लेख गरेकी छन्, ‘तर, आफ्नो सापटी लिएको पैसा माग्न जाँदा उत्पन्न भएको अवस्थालाई लिएर मलाई जबरजस्ती मन्त्रीपदबाट राजीनामा लिन लगाईयो । त्यसपछि पार्टीले मलाई कुनै वास्ता पनि गरेन । मलाई पार्टीले युज एण्ड थ्रो’ गरेको अनुभूति भयो । त्यसैले आजकै मितिदेखि म माओवादी केन्द्रको साधारणसदस्य समेत नरहने गरि राजीनामा दिएको घोषणा गर्दछु ।’

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  १ : ३८ बजे

विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक, लुम्बिनीमा थन्किएको बसलाई छिट्टै प्रयोगमा ल्याइने

ललितपुर । सरोकारवालाहरूले समृद्ध पर्यटनका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड

डिटीएमएक्स-९७७ च्याम्पियनसिप सिरिज फिनालेः डर्टबाइक रेसिङको टिकटिङ आइएमई पेबाट

काठमाडौं । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको

कोशीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ

नेपाली कांग्रेस सत्ता बिना बस्नै सकेन : महासचिव पोखरेल

नेपालगन्ज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस

सत्ता गठबन्धनभित्रै बाट आयो संसदीय छानबिन गठन गर्नु पर्ने आवाज

काठमाडौं । सत्ता गठबन्धन भित्रका एमाले र माओवादीले कांग्रेसको माग