२३ असार २०८३, मंगलबार | July 8, 2026

नेपाल एयरलाइन्स डुबेको टुलुटुलु हेरेर बस्न सक्दिनँ : मन्त्री किराती



विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल एयरलाइन्स डुबेको आफूले हेरेर बस्न नसक्ने बताएका छन् ।

सोमबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किरातीले नेपाली जहाजहरु नाफामा चल्नुपर्ने भन्दै नेपाल एयरलाइन्स डुबेको हेरेर आफू बस्न नसक्ने बताएका हुन् ।

नेपाली जहाजहरु दैनिक न्यूनतम १५ घण्टा चल्नुपर्ने बताएका उनले नेपालमा बनेका विमानस्थल पूर्णरुपमा चलाउन कार्ययोजना मागेको बताए ।

अर्बौं रुपैयाँको लगानीमा बनेका विमानस्थललाई प्रयोगविहीन हुन दिन नहुने भन्दै उनले विमानस्थल सञ्चालनका लागि नीतिगत रुपमा पहल गर्ने जानकारी दिए ।

अन्तर्राष्ट्रिय उडान र रुटको कूटनीतिक पहल सुरु गरेको जानकारी दिएका उनले नयाँ जहाज किन्ने बारेमा आफूलाई कुनै पनि जानकारी नभएको दाबी गरे ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  २ : ४३ बजे

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको