३० भदौ २०८३, मंगलबार | September 15, 2026

रुपन्देही सुपरलिग : शंकरनगर क्रिकेट क्लब१०० रनले विजयी



भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को सोमबारकोे खेलमा शंकरनगर क्रिकेट क्लबले नेपथ्य ज्ञानोदय क्रिकेट क्लबमाथि १०० रनको सानदार जित निकालेको छ ।

सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको शंकरनगरले निर्धारित ४८ ओभरको खेलमा ९ विकेटको नोक्सानीमा २ सय ३ रनको उच्च योगफल बनाएको थियो । उसका लागि सम्राट थापाले ६ चौकाको मद्दतमा नटआउट ४५, महेन्द्र सुवेदीले ३६, आशिषखत्री र प्रवेश सारु मगरले समान १७-१७ रन जोडे । बलिङमा नेपथ्यका सुनिल धमलाले ३, आशुतोष पाण्डेले २ तथा विजय बस्नेत, कृष्ण पराजुली, सुलभ ढुंगाना र अंकित विकले समान १-१ विकेट लिए ।

प्रति उत्तरमा २ सय ४ रनको लक्ष्य पछ्याएको नेपथ्य २५.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३ रनमै रोकियो । उसका लागि कृष्ण पराजुलीले ३२ र सुनिल धमलाले ३१ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपथ्यलाई सस्तैमा रोक्न ७.५ ओभर बलिङ गरेका शंकरनगरका केशव पौडेलले १ मेर्डन राख्दै २४ रन खर्चेर ४ विकेट लिए । यस्तै, सम्राट थापाले ३ र महेन्द्र सुवेदीले २ विकेट लिए । शंकरनगरका सम्राट थापा म्यान अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता छ । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता विजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं वि के ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् । प्रतियोगिता चैत्र ३ गते सम्म चल्ने छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ४ : १६ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज