१४ असार २०८३, आइतबार | June 28, 2026

राजधानीमा यातायात मजदुरको आन्दोलन उग्र बन्दै, मंगलबारबाट उपत्यकामा सवारी ठप्प पार्ने चेतावनी



काठमाडौँ । ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध यातायात व्यवसायी तथा मजदुरहरूले शुरु गरेको आन्दोलन उग्र बन्दै गएको हो ।

काठमाडौँ महानगरपालिका समेतको समन्वयमा बालाजु, माछा पोखरीलगायतका स्थानमा पार्किङ गरिने सवारी साधनलाई नयाँ बसपार्कमा लगेर मात्र पार्किङ गरिनुपर्ने नियम बनाइएपछि यातायात व्यवसायी र मजदुर आक्रोशित बनेका हुन् । पार्किङ निषेध देखि ट्राफिक जरिवाना समेत एक्कासी बढाएको भन्दै आन्दोलनकारीले आज बिहानै देखि बालाजु बाईपासबाट शुरु गरेको आन्दोलन उग्र बन्दै गएको हो ।

आन्दोलनरत मजदुरहरुले बालाजु क्षेत्रमा प्रहरीको भ्यानमा आगजनी गरेका छन् । बालाजुको बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरुले प्रहरी भ्यानमा आगजनी गरेका हुन् । अन्दोलनकारीहरुले मुल सडकमै प्रहरीको एउटा गाडी जलाएका छन् भने अर्को एउटा गाडी तोडफोड गरेर सडकमै लडाइदिएका छन् ।

आन्दोलनलाई उग्र बनाउँदै लगेका उनीहरुले मंगलबार देखि उपत्यकामा गाडी नचलाउने घोषणा गरेका छन् । आज साँझ एक विज्ञप्ति प्रकाशित गर्दै मजदुरहरुले मंगलबार देखि उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन् ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ६ : ११ बजे

वामपन्थी एकताको समय आएको छ : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता

फ्रान्समा गर्मीका कारण थप एक हजार जनाको मृत्यु

पेरिस । पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा

शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ ।

तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले