२३ असार २०८३, मंगलबार | July 8, 2026

कांग्रेस नेतृत्वको गठबन्धन तोड्नु एमालेको सफलता हो : केपी ओली



काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन तोडेर नयाँ सरकार बनाउनु सफलता भएको बताएका छन् ।

काठमाडौंमा मंगलबार अनेरास्ववियुको महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले पाँच दलीय गठबन्धन तोडेर नयाँ सरकार बनाउनु एमालेको सफलता भएको बताएका हुन् ।

नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन तोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठनमा निर्णायक भूमिका खेलका अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन तोड्नुमा एमालेको सफलता भएको बताएका हुन् ।

पाँच दलीय गठबन्धन तोडेर प्रचण्डको नेतृत्वमा सरकार बनाएका उनले सरकार सञ्चालनका लागि आफू नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्रसमेत बनाएका छन् ।

तर, अहिलेको राजनीतिक समीकरण परिवर्तन पनि हुन सक्ने भन्दै उनले आफ्ना नेता तथा कार्यकर्तालाई सजग पनि बनाएका छन् ।

संसदको बनावट अस्थिर राजनीतिकको कारक बन्ने खालको रहेको भन्दै ओलीले भने, ‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ, यो सफलताको कुरा हो । कथंकदाचित यो अवस्था फेरियो भने, संसदको बनावट नै अस्थिरताको कारक हुनेखालको बनावट छ । संसदमा हाम्रो बहुमत छैन ।’

ओलीले देश बर्बाद बनाउने शक्ति क्रियाशील रहेको बताए । उनले देश बर्बाद बनाउन भित्र र बाहिरका शक्ति क्रियाशील रहेको बताएका हुन् ।

पाँच दलीय गठबन्धन भत्काइएकोमा खुसी नहुन कार्यकर्तालाई आग्रह गरेका उनले संसदको बनावट अस्थिरता निम्त्याउने खालको रहेकाले अहिलेको अवस्था परिवर्तन हुन सक्ने संकेत व्यक्त गरे ।

देश बनाउने विषय सोझो रेखामा राजनीति नहिँड्ने भन्दै उनको भनाइ छ ।

‘देश बनाउने भनेको कुरो, सोझो रेखामा राजनीति जाँदैन । हामीले अनेकौँ उत्तरचढाप देखेका छौँ, फेरि पनि आउँछन् उत्तरचढाप आउँछ,’ अध्यक्ष ओलीले भने, ‘अहिले साथीहरु काफी प्रसन्न भएको देख्छु । हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ, यो सफलताको कुरा हो। कथंकदाचित यो अवस्था फेरियो भने, संसदको बनावट नै अस्थिरताको कारक हुनेखालको बनावट छ । संसदमा हाम्रो बहुमत छैन । अनेक प्रकारका, भित्रका, बाहिरका शक्तिहरु यो देश बर्बाद पार्न क्रियाशील छन् ।’

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ४ : ०१ बजे

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको