६ पुस २०८२, आइतबार | December 22, 2025

रुपन्देही सुपरलिग : बुटवल-११ विजयी



भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को मंगलबारकोे खेलमा बुटवल-११ क्रिकेट क्लब विजयी भएको छ । बुटवल-११ ले बुटवल युथलाई ७ विकेटले पराजित गर्दै जित निकालेको हो ।

सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको बुटवल युथले निर्धारित ४७ ओभरको खेलमा १९ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ६६ रनको झिनो योगफल बनायो । उसका लागि कृष्ण सेनले १५, सुमन थापाले १२ तथा पदम मुखियाले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न बुटवल-११ का सुदन श्रेष्ठले ९ ओभर बलिङ गर्दै २९ रन खर्चेर ७ विकेट लिए । यस्तै, अशोक पौडेलले २ तथा एजाज अहम्मदले १ विकेट लिए ।

प्रतिउत्तरमा ६७ रनको सामान्य लक्ष्य पछ्याएको बुटवल-११ ले ७.२ ओभरमा ३ विकेट गुमाउँदै ६९ रन बनाई जित निकाल्यो । उसको जितमा विवेक शर्माले १९, विभेष खातीले नटआउट १३ र अशोक पौडेलले अविजित ११ रनको योगदान दिए । बलिङमा बुटवल युथका पदम मुखियाले २ तथा सन्तोष परियारले १ विकेट लिए । बुटवल-११ का सुदन मुखिया म्यानअफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे । रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता चैत्र ३ गते सम्म चल्ने छ ।

प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता छ । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगितामा म्यानअफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यानअफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

 

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ५ : ३६ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको