७ माघ २०८२, बुधबार | January 21, 2026

खड्ग प्रसाद गौचन स्मृति क्रिकेट प्रतियोगिता : काशी नोबेल र देवदह विजयी



बुटवल । खड्ग प्रसाद गौचन स्मृति पाचौ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा काशी नोबेल एकेडेमी र देवदह क्रिकेट क्लबले जित निकालेका छन । मंगलबार भएको खेलमा काशीले स्टार क्रिकेट एकेडेमी माथि १ सय ९ रन दोस्रो खेलमा देवदह क्रिकेट क्लबले कास्की क्रिकेट क्लबमाथि १३ रनको जित निकालेको हो ।

देवदह क्रिकेट मैदान शितलनगरमा भएको पहिलो खेलमा टस जितेर काशीले निर्धारित २५ ओभरमा १ सय ८२ रनको लक्ष्य खडा गरेको थियो । काशीको आशिष रोकाले ४३ रन तथा शेहजाद आलमले ३८ रनको योगदान दिए । स्टारका अमित अधिकारीले ४, सुस्बिन पाण्डेले २ विकेट लिए । बिशाल लक्ष्य पछ्याएको स्टार क्रिकेट एकेडेमीका ब्याट्सम्यानहरु १९.३ ओभरमा सबै विकेट गुमाएर ७३ रनमा समेटियो । स्टारका नन्दलाल चाइले १३ रन तथा आस्मान थारुले ११ रनबाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन । कम स्कोरमा रोक्न काशीका सुप्रित घिमिरेले र अर्जुन करुषले समान ३–३ बिकेट लिए । काशीका सुप्रित घिमिरे खेलमा म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

यसैगरि दोस्रो खेलमा टस जितेर देवदह क्रिकेट युनिटले निर्धारित २५ ओभरमा ६ बिकेट नोक्सानीमा १ सय ६५ रनको लक्ष्य खडा गरेको थियो । देवदहका क्षितिज थापा मगरले ६७ रन तथा सर्वतन सुनारले ३० रनको योगदान दिएका थिए । कास्कीका अमन सुवेदील ३ तथा नितेश गिरीले २ विकेट लिए । बिशाल लक्ष्य पछ्याएको कास्कीका ब्याट्सम्यान निर्धारित २५ ओभरमा ९ बिकेट गुमाएर १ सय ५३ रनमा समेटियो । कास्कीका लागि सिब्रिन श्रेष्ठले ६४ र संकल्प अधिकारीले २३ रनको योगदान दिए । कम स्कोरमा रोक्न देवदहका अनुज सिह ठकुरीले ४ तथा प्रशन्न गैरेले २ बिकेट लिए । खेलमा देवदहका अनुजसिह ठकुरी म्यान अफ दी म्यानबाट पुरस्कृत भए ।

प्रतियोगिताको बुधबार हुने खेलमा सेन्टर क्रिकेट एकेडेमी कास्की र काशी नोबेल एकेडेमी तथा स्टार क्रिकेट एकेडेमी र देवदह क्रिकेट युनिटका बिचमा हुने छ ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ८ : ४९ बजे

बालेनद्वारा झापा-२ की उम्मेदवार इन्दिरा रानामगरलाई घरमै पुगेर समर्थन

झापा । झापा-५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

उज्यालो नेपाल पार्टीले उठायो १२० स्थानमा उम्मेदवार

काठमाडौं । सरकार छाडेर उज्यालो नेपाली पार्टी (उनेपा) को नेतृत्व

प्रतिनिधिसभा निर्वाचन : ३४८६ जनाको उम्मेदवारी मनोनयन

काठमाडौँ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा

नवलपुर-१ मा कांग्रेसभित्र किचलो, दुई उम्मेदवारको मनोनयन दर्ता

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा