२५ भदौ २०८३, बिहिबार | September 10, 2026

चलचित्र विकास बोर्डका लेखा अधिकृत नक्कली डलरसहित दुबईमा समातिए



काठमाडौं । चलचित्र बिकास बोर्डका लेखा अधिकृत नक्कली डलरसहित दुबईमा समातिएका छन्।

नक्कली डलर बोकेर बोर्डले आयोजना गरेको ‘नेपाल्स् फिल्म फेस्ट’का लागि यूएई उडेका लेखा अधिकृत प्रभाकर भट्टराई दुबईको विमानस्थलमा समातिएका हुन्।

भट्टराईसँगै अर्का एक जनालाई पनि विमानस्थलमा खटिएका सुरक्षाकर्मीले समातेको थियो।

स्रोतका अनुसार भट्टराई र उनीसँग रहेका व्यक्तिले बोकेको डलरमध्ये धेरै जसो नोट नक्कली थिए। विमानस्थलमा खटिएका सुरक्षाकर्मीले उनीहरूलाई ५ घण्टाभन्दा बढी केरकार गरेका थिए।

विमानस्थलमा उनीहरूले नेपालको सिभिल बैंकमा आफूहरूले डलर साटेको ‘स्लिप’ देखाउँदै उम्किन खोजेपनि सुरक्षाकर्मीले छोड्न मानेका थिएनन्।

पछि दुबईमा बस्ने अर्का एक नेपाली युवाले आफू ‘ग्यारेण्टी’ बस्ने गरी आइडी कार्ड ‘धरौटी’ बुझाएपछि उनीहरू रिहा भएका हुन्।

नेपाली अधिकारी नक्कली डलरसहित समातिएपछि दुबईको सुरक्षा निकायले पनि यो विषयलाई गम्भीरताका साथ लिएको बताइएको छ। नक्कली डलर बरामद भएपछि यूएईका सुरक्षा एजेन्सीहरूले यो ‘अवार्ड कार्यक्रमलाई सुक्ष्म ढंगले निगरानी गरिरहेका छन्।

नक्कली डलर प्रकरणमा अमेरिकाको सिधा चासो रहन्छ। त्यसैले पनि यो विषयलाई दुबईले गम्भिर ढंगले लिएको छ। नेपालको सिभिल बैंकबाट साटिएको भनिएको डलर कसरी नक्कली भयो भन्ने विषयमा दुबईको सुुरक्षा निकायले नेपाल प्रहरीसँग समन्वय गरेर अनुसन्धान अगाडी बढाएको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ११ : ५५ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ