३ फाल्गुन २०८१, शनिबार | February 15, 2025

साम्पाङ राईको उदगमस्थल खोज्दै धरानका मेयर हर्क साम्पाङ खोटाङ पुगे



खोटाङ । धरानका मेयर हर्क साम्पाङले खोटाङमा साम्पाङ राईको ऐतिहासिक उद्गमस्थल अवलोकन गरेकाछन् । मेयर साम्पाङले केपिलासगढी गाउँपालिका–३ बासपानीको खोक्मास्थित साम्पाङ राईको उद्गम थलो खकलुङ, साम्फेलुङ र खकलुङ कुवा अवलोकन गरेका हुन् । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा चोखानेस्थित घर पुगेकाबेला मेयर साम्पाङले खकलुङ पुगेर साम्पाङ राईको उद्गम थलो अवलोकन गरेका हुन् ।

सम्पाङ राईको ऐतिहासिक स्थल खकलुङलाई फुपालुङ (बाजेढुंगा) र मुमालुङ (बोजुढुंगा) भनेर पनि चिन्ने गरिन्छ । साम्पाङ राईको पुर्खाले साम्फेलुङमा पहिलो पाइला टेकेको, खकलुङमा बसोबास गरेको र सोही ठाउँको कुवाको पानी पिएको किंवदन्ती रहेको किरात साम्पाङ राई जुम्लेखा जिल्ला समिति खोटाङका अध्यक्ष प्रताप राईले बताए ।

मेयर साम्पाङले खोक्मास्थित किरात साम्पाङ राई जुम्लेखा जिल्ला समिति खोटाङको कार्यालयमा जुम्लेखाको झण्डोत्तलन गरेका छन् । मेयर साम्पाङले साम्पाङ राईको उद्गम थलो खकलुङ (बासपानी)को विकासका लागि लागिपर्ने प्रतिवद्धता जनाएका छन् ।

मेयर साम्पाङलाई किरात राई यायोक्खा जिल्ला कार्य समिति खोटाङ, यायोक्खाको केपिलासगढी गाउँपालिका कमिटी र किरात साम्पाङ राई जुम्लेखा खोटाङले गाउँमा स्वागत गर्नुका साथै सम्मान गरेको छ । साम्पाङलाई कदर–पत्र र मायाँको चिनो स्वरुप चिन्डो प्रदान गरेर सम्मान गरिएको हो ।

केपिलासगढी गाउँपालिकाले बुधबार मेयर साम्पाङलाई कार्यालयमा स्वागत गरेको छ । उनलाई गाउँपालिका अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई लगायतले खादा ओढाएर स्वागत गरेका थिए । जन्मथलो जानेक्रममा मेयर साम्पाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम फाउण्डेसन भिजिट गरेका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  २ : १३ बजे

सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको छ : प्रचण्ड

मकवानपुर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र

लेवनानमा नेपाली शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते

काठमाडौं । युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ ।

सिँचाइले सुक्खा जमिन हराभरा बन्दै

दाङ । लामो समयदेखि पानी नपर्दा हिउँदमा जमिन सुक्खा हुने

सुदुरपश्चिमका संसदीय सभापतिका लागि आजबाट निर्वाचन प्रकिया सुरू हुदैँ

कैलाली। सुदूरपश्चिम प्रदेश सभा सचिवालयले संसदीय समितिका सभापतिको निर्वाचनको प्रकिया