३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

खड्गप्रसाद गौचन स्मृति क्रिकेट : मदन भण्डारी र सेन्टर विजयी



बुटवल । खड्ग प्रसाद गौचन स्मृति पाँचौ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मदन भण्डारी स्र्पोट्स एकेडेमी विजयी भएको छ । बिहिबार भएको खेलमा न्यु होराईजन क्रिकेट एकेडेमीमाथि मदन भण्डारीले ६ बिकेटको जित निकालेको हो ।

देवदह क्रिकेट मैदान शितलनगरमा भएको खेलमा टस जितेर न्यु होराईजनले २१.२ ओभरमा सबै बिकेट गुमाएर १ सय २ रनको लक्ष्य खडा गरेको थियो । न्यु होराईजनका आरिफ खानले ३५ रन तथा अंकित बिएमले १८ रनको योगदान दिए । कम स्कोरमा रोक्न मदन भण्डारीका सागर भण्डारीले ३ तथा अदिप्सन नेपालीले २ बिकेट लिए । मध्यम लक्ष्यलाई मदन भण्डारीका ब्याट्सम्यानहरुले २१.१ ओभरमा ४ बिकेटको नोक्सनीमा लक्ष्य भेटाए । मदन भण्डारीको जितमा अवानिस कुमारले ५४ रन र मनिष तिवारीले १४ रन बनाए । न्यु होराईजनका अमर मिश्रले २ तथा सुमिद पराजुलीले १ बिकेट लिए । खेलमा मदन भण्डारीका सागर भण्डारीले म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

यसैगरि समुह ‘ए’ को अन्तिम खेलमा सेन्टर क्रिकेट एकेडेमी कास्की विजयी भएको छ । सेन्टरले स्टार क्रिकेट एकेडेमीमाथि ४७ रनको जित निकालेको हो । सेन्टरका सिब्रिन श्रेष्ठ म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिता अन्तरगत शुक्रबार समुह ‘बि’ को न्यु होराईजन एकेडेमी र क्रिकेट एक्सेलेन्स सेन्टर काठमाण्डौ तथा धनगढी क्रिकेट एकेडेमी र मदन भण्डारी स्पोटर््स एकेडेमीका बीचमा खेल हुने छ ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ७ : १८ बजे

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा