७ माघ २०८२, बुधबार | January 21, 2026

खड्गप्रसाद गौचन स्मृति क्रिकेट : मदन भण्डारी र सेन्टर विजयी



बुटवल । खड्ग प्रसाद गौचन स्मृति पाँचौ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मदन भण्डारी स्र्पोट्स एकेडेमी विजयी भएको छ । बिहिबार भएको खेलमा न्यु होराईजन क्रिकेट एकेडेमीमाथि मदन भण्डारीले ६ बिकेटको जित निकालेको हो ।

देवदह क्रिकेट मैदान शितलनगरमा भएको खेलमा टस जितेर न्यु होराईजनले २१.२ ओभरमा सबै बिकेट गुमाएर १ सय २ रनको लक्ष्य खडा गरेको थियो । न्यु होराईजनका आरिफ खानले ३५ रन तथा अंकित बिएमले १८ रनको योगदान दिए । कम स्कोरमा रोक्न मदन भण्डारीका सागर भण्डारीले ३ तथा अदिप्सन नेपालीले २ बिकेट लिए । मध्यम लक्ष्यलाई मदन भण्डारीका ब्याट्सम्यानहरुले २१.१ ओभरमा ४ बिकेटको नोक्सनीमा लक्ष्य भेटाए । मदन भण्डारीको जितमा अवानिस कुमारले ५४ रन र मनिष तिवारीले १४ रन बनाए । न्यु होराईजनका अमर मिश्रले २ तथा सुमिद पराजुलीले १ बिकेट लिए । खेलमा मदन भण्डारीका सागर भण्डारीले म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

यसैगरि समुह ‘ए’ को अन्तिम खेलमा सेन्टर क्रिकेट एकेडेमी कास्की विजयी भएको छ । सेन्टरले स्टार क्रिकेट एकेडेमीमाथि ४७ रनको जित निकालेको हो । सेन्टरका सिब्रिन श्रेष्ठ म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिता अन्तरगत शुक्रबार समुह ‘बि’ को न्यु होराईजन एकेडेमी र क्रिकेट एक्सेलेन्स सेन्टर काठमाण्डौ तथा धनगढी क्रिकेट एकेडेमी र मदन भण्डारी स्पोटर््स एकेडेमीका बीचमा खेल हुने छ ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ७ : १८ बजे

बालेनद्वारा झापा-२ की उम्मेदवार इन्दिरा रानामगरलाई घरमै पुगेर समर्थन

झापा । झापा-५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

उज्यालो नेपाल पार्टीले उठायो १२० स्थानमा उम्मेदवार

काठमाडौं । सरकार छाडेर उज्यालो नेपाली पार्टी (उनेपा) को नेतृत्व

प्रतिनिधिसभा निर्वाचन : ३४८६ जनाको उम्मेदवारी मनोनयन

काठमाडौँ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा

नवलपुर-१ मा कांग्रेसभित्र किचलो, दुई उम्मेदवारको मनोनयन दर्ता

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा