२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

शिवरात्रीमा होटल पौवाले ग्राहक नचाउँदै



बुटवल । होटल पौवाले शिवरात्रीको अवसरमा होटलमा आउने ग्राहकहरुलाई भजनकिर्तनमा नचाउने भएको छ । शिवरात्रीका दिन पौवाका सबै शाखाहरुमा विशेष पुजाअर्चना गर्दै साझ ५ बजेपछि भजनकिर्तनमा ग्राहकलाई नचाउने कार्यक्रम राखिएको होटल पौवाले जनाएको छ ।

‘यस वर्षको शिवरात्री पौवासँग मनाऔं संगै नाचौं, सँगसँगै खाऔं’ भन्ने मुल नाराका साथ पौवाका ११ वटा शाखामा शिवरात्री विषेश कार्यक्रम राखिएको पौवा ग्रुपका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले जानकारी दिए । परम्परा अनुसारको शिव प्रसाद निशुल्क खुवाउनुका साथै संगितमय भजन टोलिले शिवरात्रीका दिन साझ ५ बजेदेखि भजनकिर्तन गर्ने व्यवस्था मिलाइएको भण्डारीले बताए ।

पौवाले नेपालमा मनाईने हरेक पर्व र सांस्कृतिक महत्व राख्ने दिनहरुमा परम्परा र संस्कृति अनुसार ग्राहकहरुलाई परिकार खुवाएर परम्परागत रैथाने खानाहरुको संरक्षण गर्ने अभियान थालेको छ । माघ १ गते पनि पौवाका शाखा रहेका स्थानहरुमा बसोबास गर्ने जाती विषेशको परिकार तयार गरि ग्राहकहरुलाई सेवा दिएको थियो ।

पौवाको रुपन्देहीमा बुटवल र भैरहवा गरि २, कपिलवस्तुमा १, दाङमा ३, पाल्पामा १, गुल्मीमा १, सुदुरपश्चिमको धनगढीमा १, कर्णाली प्रदेशको जुम्लामा १ र गण्डकी प्रदेशको पोखरामा १ शाखा संचालनमा आइसकेका छन् भने शाखा बिस्तारको लागि काठमाडौं, चितवन र जनकपुरमा सम्भाव्यता अध्ययन भै रहेको भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  १ : ५७ बजे

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त

एसईई दिएर फर्किँदै गर्दा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

महोत्तरी । यहाँस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक

पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल र करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा