८ बैशाख २०८१, शनिबार | April 20, 2024

शिवरात्रीमा होटल पौवाले ग्राहक नचाउँदै



बुटवल । होटल पौवाले शिवरात्रीको अवसरमा होटलमा आउने ग्राहकहरुलाई भजनकिर्तनमा नचाउने भएको छ । शिवरात्रीका दिन पौवाका सबै शाखाहरुमा विशेष पुजाअर्चना गर्दै साझ ५ बजेपछि भजनकिर्तनमा ग्राहकलाई नचाउने कार्यक्रम राखिएको होटल पौवाले जनाएको छ ।

‘यस वर्षको शिवरात्री पौवासँग मनाऔं संगै नाचौं, सँगसँगै खाऔं’ भन्ने मुल नाराका साथ पौवाका ११ वटा शाखामा शिवरात्री विषेश कार्यक्रम राखिएको पौवा ग्रुपका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले जानकारी दिए । परम्परा अनुसारको शिव प्रसाद निशुल्क खुवाउनुका साथै संगितमय भजन टोलिले शिवरात्रीका दिन साझ ५ बजेदेखि भजनकिर्तन गर्ने व्यवस्था मिलाइएको भण्डारीले बताए ।

पौवाले नेपालमा मनाईने हरेक पर्व र सांस्कृतिक महत्व राख्ने दिनहरुमा परम्परा र संस्कृति अनुसार ग्राहकहरुलाई परिकार खुवाएर परम्परागत रैथाने खानाहरुको संरक्षण गर्ने अभियान थालेको छ । माघ १ गते पनि पौवाका शाखा रहेका स्थानहरुमा बसोबास गर्ने जाती विषेशको परिकार तयार गरि ग्राहकहरुलाई सेवा दिएको थियो ।

पौवाको रुपन्देहीमा बुटवल र भैरहवा गरि २, कपिलवस्तुमा १, दाङमा ३, पाल्पामा १, गुल्मीमा १, सुदुरपश्चिमको धनगढीमा १, कर्णाली प्रदेशको जुम्लामा १ र गण्डकी प्रदेशको पोखरामा १ शाखा संचालनमा आइसकेका छन् भने शाखा बिस्तारको लागि काठमाडौं, चितवन र जनकपुरमा सम्भाव्यता अध्ययन भै रहेको भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  १ : ५७ बजे

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका