४ चैत्र २०८२, बुधबार | March 19, 2026

यातायात मजदुर तथा व्यवसायी भलाई कोषमा फुल्लेल निर्वाचित



बुटवल । यातायात मजदूर तथा व्यवसायी भलाई कोष रुपन्देहीको अध्यक्षमा दिनेश फुल्लेल निर्वाचित भएका छन् । कोषको शुक्रबार सम्पन्न निर्वाचनमा फुल्लेल दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्दी डिलबहादुर थापालाई पराजित गर्दै उनी विजयी हुन सफल भएका हुन् ।

निर्वाचनमा फुल्लेलले ३०९ मत प्राप्त गर्दा थापाले ८९ मत प्राप्त गरेका थिए । यसैगरी महासचिव पदमा योगबहादुर गुरुङ निर्वाचित भएका छन् उनले अर्को उम्मेदवार मुक्तिराम खरेललाई पराजित गरेका छन् । गुरुङले ३२८ मत पाउँदा खरेलले ७१ मत प्राप्त गरेका थिए । कोषाध्यक्ष पदमा प्रकाशकुमार नेपाल ३२७ मत प्राप्त गरि विजयी हुँदा उनीसँग प्रतिस्पर्धा गरेका चिरञ्जिवी पाण्डेले ७१ मत प्राप्त गरेका छन् ।

कोषको अन्य पदाधिकारीहरुमा भने यसअघि नै निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक रामराज पोखरेलले जानकारी दिए ।

संयोजक पोखरेलका अनुसार उपाध्यक्षमा छविलाल थापा र सचिवमा विजेश न्यौपाने निर्विरोध भएका छन् । अन्य १२ जना कार्यसमिति सदस्यहरु पनि निर्विरोध भएका छन् । सदस्यहरुमा किशोर क्षेत्री, भक्तिराम शर्मा, अमित अधिकारी, लालकाजी गुरुङ, दिलीप कार्की, श्याम गैरे, अर्जुनकुमार बन्जाडे, सुदर्शन धिताल, चेतबहादुर गुरुङ, लक्ष्मीप्रसाद पाण्डे, नरबहादुर रजाली र प्रकाश गैरे रहेका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ११ : ०३ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन